|
|
काठमाडौं, २३ असार ।
मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले लबिम मल, पुलचोक (ललितपुर) र बालाजु चोकमा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएको छ ।
ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप खोलिएको उक्त शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवाहरु, त्यसका बारेमा जानकारीहरु र प्रतिस्पर्धि बजार मुल्यमा मोबाईल सेटहरु खरिद गर्न सक्छन् ।
एनसेलका प्रवन्ध निर्देशक साइमनले एक कार्यक्रम बिच लबिम मल स्थित एनसेल शपको उद्घाटन गरे । त्यस्तै एक छुट्टै कार्यक्रम माझ बालाजु चोकमा रहेको एनसेल शपको उद्घाटन कम्पनीका रिजनल अपरेसन निर्देशक आइबेक माखाबेतोभले गरेका थिए ।
नयाँ एनसेल शपको संचालनसँगै उक्त क्षेत्रका ग्राहकहरुले अब यी एनसेल शपबाट एनसेलका सेवा सुविधाहरु सजिलै लिन सक्नेछन् र विभिन्न ब्राण्डका मोबाईल सेटहरु सजिलै खरिद गर्न सक्छन् ।
ग्राहकले एनसेल शपबाट नयाँ सिम कार्ड खरिद गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, ईन्टरनेट तथा एमएमएस सेटिङ्, ट्यारिफ परिवर्तन तथा सियुजी सेवा परिमार्जन गर्न सक्नेछन् । यसका साथै ग्राहकले एनसेलका सेवा सुविधाको बारेमा सोधपुछ गर्न, रिचार्ज कार्ड खरिद गर्न, ब्यालेन्स ट्रान्सफर र अन्य सुविधा पनि लिन सक्नेछन् ।
‘धेरै भन्दा धेरै ग्राहक माझ एनसेलको सेवा र सुविधाको पहुँच सहज बनाउने योजना अनुरुप एनसेल शपहरु खेलिएको हो,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । ‘ग्राहक अनुभवलाई अझ परिस्कृत गर्दै लग्नका लागि अन्य क्षेत्रमा पनि यस्तै एनसेल शप खोल्ने योजनामा छौ ।’
|
|
Post a Comment