Headlines News :
Home » » मृत्यु भविष्यवाणी गर्ने ११ सपना !!

मृत्यु भविष्यवाणी गर्ने ११ सपना !!

Written By news on Friday, 1 July 2016 | 04:51


१७ असार |
सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।

 तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ
सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरि देखिन्छ भन्ने कुरामा छर्लङग भएको छ। त्यसैले त सपना एक रहस्यमय भोगाइ रहदैआएको छ। परापुर्वककाल देखि सपनामा देखिने कुराहरु यो दुनियाको नभइ अर्कै संसारको घटना हुन जसमा हामी जान सक्दैनौ तर त्यो दुनियाको दृश्यहरु हाम्रो सपनामा आउछन्। त्यसैले सपनाको कुरालाइ वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ। सपनाको बारेमा सभ्यता अनि संस्कृति अनुसार फरक-फरक धारणा रहिआएको भएतापनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले,

रामायणमा पनि मृत्यु बताउने सपनाको बारेमा लेखिएको छ
 वाल्मिकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ जसले भविष्यको मृत्युको घटनाको बारेमा संकेत गरेको हुन्छ। दशरथको मृत्यु भएको दिनको एक दिन पुर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए। भरत भने तेल पिउदै थिए। उनले कालो कपडा लगाएका थिए अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाइ। दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराज तर्फ बढ्दै थिए।

 मृत्युको संकेत

कालो रंग
कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ। सर्प अर्थ लागाउन गाह्रो संकेत हो

सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

 कालो बिरालो सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

 दाँत झर्नु सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

कालो चरा कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।

बच्चाको स्याहार सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।

डुब्न लागेको मानिसलाइ बचाउदा सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।

 दोहोरिने सपना कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

एक्लै पिउनु सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ। नाच्नु अनि गाउनु सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।

कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।

. यात्राको योजना यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger