|
|
हङकङ ।
एक पिताले आफ्नी छोरी विवाह गर्ने केटालाई १९ अर्व रुपैयाँ दिने घोषणा गरेका छन् । हङकङका अर्वपति सेसिल चाउले यस्तो घोषणा गरेका हुन् ।
हङकङमा विजनेस टाइकून चाउले आफ्नी छोरी गिगीसँग विवाह गर्ने युवकलाई १९ अर्व रुयैयाँ दिने उनको घोषणा छ । यसभन्दा अगाडि पनि उनले आफ्नी छोरीलाई विवाह गर्ने पुरुषलाई १९ करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।
घोषणा सुनेपछि करिब २० हजार युवकले उनकी छोरी गिगीलाई भेटेका थिए । तर, कसैले पनि उनलाई विवाहका लागि मनाउन सकेनन् ।
गिगी लेस्वियन हुन् र उनले आफ्नी केटी साथी सीन ईवसँग ९ वर्षदेखि सम्बन्ध राख्दै आएकी छन् । आफ्नी छोरीको यो सम्बन्धबाट वाक्क भएर चाउले छोरीको उक्त सम्बन्धलाई अन्त्य गरेर जसले विवाहका लागि मनाउन सक्दछ, त्यही केटालाई आफ्नी छोरीको विवाह गरिदिने भनेका छन् ।
तर, गिगीलाई अहिलेसम्म कुनै युवकले पनि विवाहका लागि मनाउन सकेको छैनन् ।
आफूलाई कसैले पनि मनाउन वा आकर्षण गर्न नसक्ने गिगी बताउँछिन् । उनले आफ्ना पितालाई धन्यवाद दिदै भनिन्, ‘म मेरो च्यारिटी सेवा फेथ इन लभका लागि जसले धेरै पैसा दान गर्दछ, उसैलाई साथी बनाउन चाहन्छु । तर उसले मेरो एक जना पत्नी पनि छन् भन्ने कुरालाई स्वीकार्नु पर्दछ ।’
|
|
Post a Comment