Headlines News :
Home » » नबीलले अशक्त बालबालिको साथमा मनायो वार्षिकोत्सव....

नबीलले अशक्त बालबालिको साथमा मनायो वार्षिकोत्सव....

Written By news on Wednesday, 13 July 2016 | 23:38


काठमाण्डौ ।
 नबिल बैंकले आफ्नो ३२ औं वार्षिकउत्सव द्वन्द्वपीडित तथा अपांग समाज नेपाल नामक संस्थामा आश्रित मानसिक र शारीरिक रुपले अशक्त बालबालिका तथा वृद्धवृद्धाहरुका साथमा मनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले दैनिक अत्यावश्यकीय सामाग्रीहरु जस्तै व्हिल चेयर, वाटर डिस्पेन्सर, पि. ई. शिट, तन्ना, खेलकुदका सामाग्रीहरु प्रदान गरेको छ ।

सो कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेल,  निर्देशक दयारामगोपाल अग्रवाल, सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनी तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

द्वन्दपीडित तथा अपांग समाज नेपाल सन् २००५ मा स्थापित गैर नाफामूलक सामाजिक संस्था हो, जसले मानसिक र शारीरिक रुपले अपांग भएका बालबालिका तथा वृद्ध–वृद्धाहरुलाई सहारा दिने उद्देश्य बोकेको छ । हाल सो सस्ंथाले ३१ बालबालिका र ७ वृद्धवृद्धाहरुलाई खानापिन, बासस्थान, लत्ताकपडा र स्वास्थ्य सेवा प्रदान लगायत हेरचाह गरिरहेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले शैक्षिक क्रियाकलाप, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रहरुमा सहायता प्रदान गर्दै विविध सामाजिक कल्याणका लागि निरन्तर प्रतिबद्ध छ ।

बैंकले ५२ वटा शाखाहरुको बृहत सञ्जाल, ९० वटा एटिएमहरुको विशाल संरचना र १,४०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर सम्पूर्ण आर्थिक कारोबारको पहिलो रोजाईको सेवा प्रदायक बन्न सफल भएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger