|
|
पेरिस, २६ असार (एजेन्सी) ।
अर्जेन्टिनी फुटबल स्टार डियोगो म्यारोडोनाले युरो कपको उपाधि पोर्चुगलले जित्नेरनजित्ने कप्तान रोनाल्डोमा भरपर्ने बताएका छन् । फ्रान्समा जारी युरो कप फाइनल हुनुअघि उनले भनेका छन,‘रोनाल्डोले फुटबलमा जुन भोक देखाएको छ त्यो फाइनलमा पनि देखाउन आवश्यक छ,’ म्यारोडोनाले भने,‘ फ्रान्स हरेक कोणबाट बलियो छ र खेल्ने तरिका पनि उत्कृष्ट देखिन्छ तर पोर्चुगलको खेलमा भने त्यो मिठास छैन ।’ यता जर्मनी जस्तो बलियो टोलीलाई हराएर युरो कपको फाइनलमा आएको फ्रान्सका हरेक खेलाडीहरु व्यक्तिगत रुपमा र टिम स्पिरिट हेर्दा उच्च मनोबलमा देखिएको म्यारोडोनाले बताएका छन् । फ्रान्सका स्टाइकर एन्टोनियो ग्रिजम्यान जसले यो युरो कपमा ६ गोल गरेका उनलाई रोक्न पनि पोर्चुगलका डिफेण्डरहरुलाई निकै गाह्रो हुने उनले बताए । ‘तर यहाँ पोर्चुगलको सम्भावना पनि उत्तिकै बलियो छ, उनले भने, ‘यसका लागि कप्तान रोनाल्डोले लयलाई कायम राख्नुपर्छ अन्य खेलाडीहरुको खेल्ने स्पिड पनि उच्च छ ।’
|
|
Post a Comment