Headlines News :
Home » » शशांकलाई बचाउने को हुन् डा सुपात्रा ? जसले नेपालको शान बढाइन्..

शशांकलाई बचाउने को हुन् डा सुपात्रा ? जसले नेपालको शान बढाइन्..

Written By news on Sunday, 10 July 2016 | 03:10



काठमाडौं, २४ असार ।
गम्भीर विरामी परेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मृत्युलाई जितेका छन् ।

विरोमी परेपछि गत मंगलबार साँझ अस्पताल ओम अस्पताल भर्ना भएका शशांकलाई बुधबार विहानै आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरियो । त्यो दिन उनको अवस्था गम्भीर तर स्थीर भनेर चिकित्सकहरुले बताए ।
चिकित्सकले नै गम्भीर भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका अन्य नेताहरुले भारतको दिल्ली लैजाने निर्णय गरे । स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपचार कुनै कमजोरी नगर्न निर्देशन दिए ।

तर, भारत लैजाने कांग्रेसको नेताहरुको निर्णय र दबाब एक चिकित्सकका कारण रोकियो । उनको नाम हो डा सुपात्रा भाटिया । उनी नाताले शशांककै श्रीमती पर्छिन् । उनी ओम अस्पतालकी स्त्रीरोग विशेषज्ञ हुन् । आफ्ना पतिको उपचारमा उनी पनि लागेकी थिइन् । अवस्था गम्भीर भएपनि उनकै अडानका कारण शशांकलाई उपचारका लागि भारत लगिएन् ।

को हुन डा. सुपात्रा ?
र नेपालमै गम्भीर विरामीको पनि सफल उपचार हुनसक्छ भनेर प्रमाणित उनकै कारण भयो । यसले उपचारमा समेत भारतमा आश्रीत नेपालको शान बढायो । हुन त नेताहरु सानो उपचार गर्न पनि विदेश जाने गर्छन् । भर्खरैमात्र कांग्रेस सभापति देउवाकी श्रीमती आरजुले दिल्लीकै अस्पतालमा उपचार गराएकी थिइन् । यस्तो बेलामा नेपालका अस्पताल र डाक्टर पनि जस्तोसुकै गम्भीर विरामीको पनि उपचार गर्नसक्छन् भन्ने पुष्टि उनको अडानका कारण भयो । उनकै कारण आज नेता शशांक कोइरालाको स्वदेशमै सफल उपचार भयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger