|
|
काठमाडौं २७ असार |
गोल्डेन बुट विजेता फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले फिफा बेलोन डि’अरको उपाधिको दौड समाप्त भएको बताएका छन्। उनले पोर्चुगलले युरोकप फुटबलको उपाधि जितेपछि क्रिष्टियानो रोनाल्डोले बेलोन डि’अरको उपाधि आफ्नो पोल्टामा पारिसकेको बताएका छन्।
उनले भने,‘रोनाल्डोले यो सिजन दुई ठूला उपाधि उचाले त्यो हो च्याम्पियन्स लिग र युरोकप फुटबलको। त्यसैले उनले नै बेलोन डि’अरको उपाधिबाट जित्छन्।’
युरोकप फुटबलमा ६ गोल गर्दै गोल्डेन बुट जितेका ग्रिजम्यानले दुई ठूला उपाधि जितेकाले रोनाल्डो नै सबैको रोजाइमा पर्ने बताए। उनले भने,‘फिफा बेलोन डि’अरको प्रतिस्पर्धाको दाैड अब सकिएको छ। किन भने रोनाल्डोले नै त्यो आफ्नो पक्षमा पारेका छन्।’
|
|
Post a Comment