Headlines News :
Home » » कृष्णले करिब ५ हजार बर्ष पहिले गरेका भविष्यवाणी सत्य सावित हुँदैछन्..

कृष्णले करिब ५ हजार बर्ष पहिले गरेका भविष्यवाणी सत्य सावित हुँदैछन्..

Written By news on Tuesday, 12 July 2016 | 03:38


भागवत गितामा संस्कृतमा लेखिएका श्लोकले हजारौं वर्ष देखि मानिसलाई सत्य, धर्म र मोक्षको बाटोमा हिडाएको छ। भगवान कृष्ण र अर्जुन बिच महाभारतको युद्धको बखत युद्ध भुमीमा भएको संवादलाई राजा धृतराष्ट्रका सारथी संजयले सुनाएका थिए। भागवत गितामा कलियुगको लागि केही भविष्यवाणी गरिएका छन्।

कृष्णले करिब ५ हजार बर्ष पहिले गरेका भविष्यवाणी सत्य सावित हुँदैछन्

भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।

श्रीमद् भागवत् १२-२-१।

भबिष्यवाणी २

कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।

श्रीमद् भागवत् १२-२-२।

भबिष्यवाणी ३

पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।

श्रीमद् भागवत् १२-२-३।

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।

श्रीमद् भागवत् १२-२-४।

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।

श्रीमद् भागवत् १२-२-५।

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।

श्रीमद् भागवत् १२-२-६।

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।

श्रीमद् भागवत् १२-२-७।

भबिष्यवाणी ८

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।

श्रीमद् भागवत् १२-२-९।

भबिष्यवाणी ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।

श्रीमद् भागवत् १२-२-१०।

भबिष्यवाणी १०

कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।

(यो भने पुरा भएको छैन, तर मानिसको बाँच्ने औसत उमेर भने कम भएको छ।)

श्रीमद् भागवत् १२-२-११।

भबिष्यवाणी ११

मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।

श्रीमद् भागवत् १२-२-१२।

भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।

श्रीमद् भागवत् १२-३-४१।

भबिष्यवाणी १३

संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।

श्रीमद् भागवत् १२-३-३८।

भबिष्यवाणी १४

सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।

श्रीमद् भागवत् १२-३-३६।

भबिष्यवाणी १५

सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।
श्रीमद् भागवत् १२-३-३२।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger