|
|
काठमाडौं: प्रधानमन्त्री केपी ओलीले बोलाएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री र सत्ता गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच चर्काचर्की भएपछि बैठक अनिर्णीत टुंगिएको छ ।
गत वैशाख २३ गते नौबुँदे सहमतिसँगै भएको भनिएको तीनबुँदे भद्र सहमतिको कार्यान्वयनअनुसार बजेट पारित भइसकेको अवस्थामा ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने अडान दाहालले राखेपछि ओलीले त्यसको प्रतिवादमात्र गरेनन् उनले राष्ट्रवादी शक्तिहरूको वर्तमान गठबन्धनलाई तोड्न पुनः कांग्रेससँग लागेको आरोप पनि दाहालमाथि लगाए ।
दाहालले त्यसको प्रतिवाद गर्दै आफूले कांग्रेससँग कुनै गठबन्धन नगरेको तर भद्र सहमतिलाई अवज्ञा गर्ने अधिकार ओलीसँग नभएको बताएका थिए । उनले भद्र सहमतिअनुसार तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न पनि ओलीसँग आग्रह गरेको स्रोतले बतायो ।
ओलीले उपयुक्त समयमा पद छोड्न आफू तयार रहेको तर बजारमा अनावश्यक हल्ला नगर्न चेतावनी दिएपछि दुई नेताबीचको चर्काचर्की सामान्य भएको बैठक स्रोतको भनाइ छ । बैठकमा सत्ता साझेदार साना दलले ओली र दाहालको चर्काचर्कीमाथि हस्तक्षेप गरेका थिए । भद्र सहमतिका बारेमा कसैलाई जानकारी नभएकाले नेताद्वयले नै यसबारेमा साझा मतका साथ प्रस्तुत हुनुपर्ने साना दलका नेताको भनाइ थियो ।
|
|
Post a Comment