Headlines News :
Home » » मेरो श्रृजनाको अपमान भो ‘प्रेमगीत’की कोरियोग्राफर – रेनशा वान्तवा राइ

मेरो श्रृजनाको अपमान भो ‘प्रेमगीत’की कोरियोग्राफर – रेनशा वान्तवा राइ

Written By news on Monday, 4 July 2016 | 01:59


शनिबार आयोजना भएको ‘फान अवार्ड’ सम्पन्न भएसँगै विवाद चुलिएको छ । हुनत, अवार्ड विवादरहित भएको खासै पाइदैन । यसैले, यो अवार्ड पनि विवादमा पर्नु नौलो कुरा भएन । तर, धेरैले अवार्ड नपाएको भन्दा पनि नोमिनेशनमा परेर पनि निम्तो नपुगेकोमा विरोध गरिरहेका छन् ।
चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत कोरियोग्राफी गरेकी रेनशा वान्तवा राइले अवार्डका लागि निम्तो नै पाइनन् । जबकी, उनी उत्कृष्ट ५ को नोमिनेशनमा थिइन् । रेनशाले आफूलाई निम्तो पनि नगरिएको भन्दै आफ्नो श्रृजनाको अपमान भएको बताइन् । रेनशाले भनिन्-‘अवार्ड पाउनु या नपाउनु दोश्रो कुरा हो । तर, उत्कृष्ट ५ मा परेको प्रतिस्पर्धीलाई नै नबोलाउनु लाजमर्दो कुरा हो । पहिले नै अवार्ड कसलाई दिने पक्का गरेर अरुलाई किन बोलाउनु भने जस्तै देखियो ।’

गतबर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘प्रेमगीत’को शिर्ष गीतको कोरियोग्राफीले अत्याधिक चर्चा पाएको थियो । रेनशाले अवार्ड पाएको गीत ‘सुर्के थैली’ अडियोमा मात्र हिट भएको बताइन् । उनले भनिन्-‘मैले यो गीतको कोरियोग्राफीमा खासै केहि भेटेको छैन । बरु, चलचित्र ‘ड्रिम्स’बाट कविराज गहतराजले पाएको भए चित्त वुझाउन सक्थेँ । सुर्के थैलीको कोरियोग्राफीले नेपाली चलचित्रको गीत मेकिङलाई नयाँ उचाइमा लादैन ।’ उनले ‘प्रेमगीत’को शिर्ष गीतमा सामान्य जंगलदेखि गोदावरीलाई पनि सपनाको वगैचा जस्तो बनाएको बताइन् । रेनशाको प्रश्न छ-‘जुरीबाट यस्तो कुरा किन नियालिएन थाहा भएन ?’ उनले अबदेखि कलाकार संघले आयोजना गर्ने ‘फान अवार्ड’मा आफू सहभागी नहुने बताइन् ।

रेनशाले भनिन्-‘मैले अबदेखि कलाकार संघको अवार्डमा सहभागी नहुने निर्णय गरेकी छु । अनलाइनखबरबाट मैले औपचारिक घोषणा गरेकी हुँ । उत्कृष्ट ५ मा परेको चलचित्रकर्मीलाई नै अवार्डमा निम्तो नदिनु कतिसम्म लापरवाही हो ?’ रेनाशाका अनुसार उत्कृष्ट ५ को कोरम पुर्‍याउनका लागि नै अरुको श्रृजना राख्ने हो भने त्यो श्रृजनाको अपमान मात्र हो । उनले यसलाई लापरवाहीको चरम सिमा बताएकी छिन् । उनले अबदेखि आफूलाई ‘फान अवार्ड’को उत्कृष्ट ५ मा नराख्न आग्रह पनि गरिन् ।

 @ अनलाइनखबर |

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger