|
|
आसर २०, काठमाडौं ।
बलिउडका वादशाह साहरुख खानकी छोरी सुहानाको मार्च महिनामा एउटा फोटो मिडियामा भाइरल बनेको थियो । जुन फोटोमा सुहानाले विकिनी लगाएकी थिइन् र उनले आफ्नो अनुहार छोपेकी थिइन् । सुहानाको यस्तो तस्बिर सार्वजनिक भएपछि हंगामा भयो ।
सामाजिक संजालमा यसले उच्च स्थान पायो । केहि मिडियामा सुहानाले विकिनी लगाएर आफ्नो शरीर शो गरेको जस्ता समाचार पनि छापिएका थिए । यो कुरालाई लिएर उनका पिता नायक साहरुख खानले मौनता तोडेका छन् ।
मिडियासँग कुरा गर्दै साहरुखले भने(‘सुहाना विचमा थिइन् र उनले विकिनी लगाएकी थिइन् । उनी आफ्नो भाइसँग थिइन् । मिडियाले सुहानाले शरीर शो गरेको भनेर हेडलाइन बनायो । के यो साह्रै सस्तो भएन र रु’ साहरुखले केही वेवसाइटमा आफूले सम्पर्क गरेको बताउँदै भने(‘मैले उनीहरुलाई भने कि, मेरी छोरीको विकिनी शरीरले तपाइको वेवसाइट चल्दैन । के तपाई यसलाई हटाउन सक्नुहुन्छ रु’उनले आफ्नी छोरी भर्खरै १६ बर्षकी भएको भन्दै केही वेवसाइटमा आएको खबर अचम्म लाग्दो भएको बताए । उनले आफ्नो स्टारडमका कारण छोरीको तस्बिरले मिडियामा उच्च स्थान पाएको बताए । साहरुखले यस्ता कुराले खासै फरक नपर्ने भन्दै समाचारका हेडलाइन पढेर आफू छक्क परेको बताए ।
|
|
Post a Comment