Headlines News :
Home » » कस्ता मानिसहरुलाई लामखुट्टेले बढी टोक्छ ?...थाहापाई राख्नुहोस्..

कस्ता मानिसहरुलाई लामखुट्टेले बढी टोक्छ ?...थाहापाई राख्नुहोस्..

Written By news on Thursday, 7 July 2016 | 02:18


एजेन्सी, २३ असार ।
 लामखुट्टेले सबै मानिसलाई उत्तिकै टोक्दैन । एक अध्ययनका अनुसार ओ ग्रुपको रक्त समूह भएका मानिसहरुलाई अन्य रक्त समूहका मानिसहरुलाई भन्दा धेरै टोक्ने बताएको छ । सन् २००४ मा ‘जर्नल अफ मेडिकल इन्टोमोलोजी’मा प्रकाशित एक अध्ययनका अनुसार अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा ओ रक्त समूह भएका मानिसलाई बढी नै लामखुट्टेले टोक्ने बताइएको छ ।777

सो अध्ययनले बताए अनुसार ओ रक्त समूहपछि लामखुट्टेका लागि ए, बी र अन्त्यमा एबी मन पर्ने बताइएको छ
त्यसपछि लामखुट्टेले बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरुलाई धेरै टोक्ने गरेको अध्ययनले देखाएको छ । गर्भवती महिला अन्य मानिसको तुलनामा दुई गुण बढी लामुखुट्टेको जोखिममा रहेका हुन्छन् । बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आर्कर्षित हुन्छन् । ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निस्काशन हुन्छ ।
गर्भवती महिलाले अन्यको तुलनामा बढी मेटाबोलिजम निस्काशन गर्ने भएकाले लामखुट्टेले टोक्ने गरेको हो ।

त्यसपछि मस्क्युटो म्यागनेट जिन भएका मानिसहरुमा पनि लामखुट्टे बढि आकर्षित हुने गर्छन् । शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन् । सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ ।

यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger