|
|
काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर तथा अपराध महाशाखाको प्रहरी टोली दर्जनौं गुण्डाका लिस्ट नै बोकेर फिल्डमा उत्रिसकेको बताइन्छ ।
औपचारिक रुपमा ‘निगरानी मात्र बढाएको’ खुलाए पनि ‘सुट’ सम्मै गएर भए पनि गुण्डा तह लगाउने योजनामा प्रहरी रहेको बुझिएको छ ।
नामुद गुण्डानाइकेहरु मिलन गुरुङ उर्फ चक्रे मिलन र गणेश लामा लिस्टको अग्रपंक्तिमा रहेका छन् । उनीहरु यतिबेला आफू छिफेर जुनियर गण्डाहरुमार्फत काम फत्ते गरिरहेका छन् ।
काँग्रेस राजनीतिमा राम्रै स्पेस बनाइसकेका भनिएका मीनकृष्ण महर्जन र उनका आसेपासेहरु, एमाले नेता पर्शुराम बस्नेतको समूह, गणेश लामाबाट छुट्टिएर छोटे गण्डाहरु बटुल्न लागिरहेका विष्णु लामा, बाफल क्षेत्रका समिरमानसिंह बस्नेत, समेत प्रहरीको हिट लिस्टमा छन् ।
समिरमान घैंटे समूहसँगको ‘कनेक्सन’ मा गण्डागर्दी गर्दै हाल आफै पनि डफ्फा खडा गर्ने तरखरमा रहेको बुझिएको छ । उनीसँग राधे भण्डारी र शिव खड्को साझेदारी छ ।
काजी शेर्पा र राजु गोर्खालीको समूह पनि प्रहरीको निगरानीमै छ । दीपक तालु, दावा लामा, अशोक लामा, सुजन तामाङ, दोधा लामा, रामेश्वर गौतम, प्रकाश माली, राजु घिमिरे पनि उच्च निगरानीमा छन् । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।
|
|
Post a Comment