|
|
फ्रान्समा जारी युरो कप फुटबल प्रतियोगितामा आज क्वाटरफाइनलको अन्तिम खेल हुदै छ । आज हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्सले आइसल्याण्डको सामना गर्ने छ । खेल नेपाली समय राती १२:४५ बजे हुने छ । आइसल्याण्ड दाबेदार इंग्ल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको हो भने फ्रान्सले आयरल्याण्डलाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । जारी युरोकपमा फ्रान्स र आइसल्याण्ड दुवैले समान ६ गोल गरेका छन् ।
यस खेलको बिजेताले फाइनल प्रवेशका लागि बिश्व बिजेता जर्मनीको सामना गर्ने छ ।
हेर्नुस को बलियो ?
हेड टु हेड
फ्रान्स र आइसल्याण्डबीचको पछिल्ला ११ खेलमा फ्रान्सले पराजय बेहोर्नु परेको छैन तर ३ खेल बराबरीमा सकिएका थिए ।
फ्रान्सको घरेलु मैदानमा भएको खेलमा पछिल्ला ६ खेलमा आइसल्याण्डले ५ गोल गर्दै २२ गोल खाएको छ ।
यी दुईबिचको अन्तिम खेलमा फ्रान्सले आइसल्याण्डलाई ३-२ ले पराजित गरेको थियो । तर त्यस मे २०१२ मा थियो ।
फ्रान्स
स्टेडी डि फ्रान्स रंगशालामा फ्रान्सका लागि यो ८० औँ खेल हुनेछ ।
फ्रान्सले घरेलु मैदानमा भएको प्रतियोगिता दुई पटक (सन् १९८४ र १९९८ मा ) उपाधि जितेको छ ।
घरेलु मैदानमा खेलिएका मुख्य प्रतियोगिताका पछिल्ला १६ खेलमा फ्रान्सले हार बेहोर्नु परेको छैन ।
जारी प्रतियोगितामा फ्रान्सले केवल २ गोल खाएको छ र फ्रान्सको पोस्टमा केवल ३ पटक मात्र प्रहार गरेका छन् ।
फ्रान्सले गरेको पछिल्लो ४ गोल मध्ये ३ गोल एन्टोनी ग्रिजम्यान एक्लैले गरेका हुन् ।
फ्रान्स मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको यो लगातार तेस्रो पटक हो ।
क्वाटरफाइनलमा फ्रान्स ४ पटक पराजित भएको छ र फ्रान्सलाई पराजित गर्ने ४ ओटै टोलीले उपाधि जितेका थिए ।
फ्रान्सका सेन्टरब्याक अदिल रामी निलम्बनमा परेका छन् । त्यसैकारण उनको सट्टामा स्यामूयल उमटिटी मैदानमा ओर्लनेछन् । उमटिटीले अहिलेसम्म अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । उनी यस प्रतियोगितामा सूरुदेखी नै बेन्चमा थिए । मिडफिल्डर एन गोलो कान्टे पनि एक म्याचको प्रतिबन्धमा छन् ।
आइसल्याण्ड
आइसल्याण्ड जारी प्रतियोगितामा डेब्यु गरेका ५ टोली मध्येको एक हो ।
आइसल्याण्ड जारी प्रतियोगीतामा ६ गोल गरेको छ, ति सबै गोल फरक फरक खेलाडीले गरेका हुन् । प्रतियोगितामा उसले हार पनि बेहोरेको छैन ।
हाल सम्म खेलिएका ४ ओटै खेलमा आइसल्याण्डले सुरुवाती खेलाडी परिवर्तन गरेको छैन ।
मुख्य प्रतियोगिताका पछिल्ला १० खेलमा आइसल्याण्ड एक पटक मात्र पराजित भएको छ । बाकि ९ मध्ये ५ मा आइसल्याण्ड बिजयी भएको छ भने ४ बराबरी भएका छन् ।
जारी प्रतियोगिताको सबै खेलमा गोल गर्ने केवल २ टोली छन् । ति मध्ये आइसल्याण्ड एक हो भने अर्को वेल्स हो ।
पहिलो क्वाटरफाइनल डेब्यु गरेको वेल्सले इंग्ल्यान्डलाई पराजित गरेपछि त्यसले नयाँ तरंग सिर्जना गरेको छ । समर्थकहरुले आइसल्याण्डबाट पनि प्रतिस्पर्धात्मक खेलको आशा गरेका छन् । आयोजक फ्रान्सलाई घरेलु मिदन खेल भई रहेको र आइसल्याण्ड तुलनात्मक रुपमा कम्जोर टोली भएकाले जित्ने पर्ने दबाब छ । आइसल्याण्डका समर्थकहरु भने टोलीले प्रतिस्पर्धात्म प्रदर्शन गरे त्यसैबाट सन्तुष्ट हुने छन् । यद्यपि जित हात पारे आइसल्याण्डको लागि ऐतिहासिक सफलता हुने छ । क्वाटरफाइनलसम्म पुग्नु पनि आइसल्याण्डको लागि ठुलो सफलता हो ।
|
|

Post a Comment