Headlines News :
Home » » अचम्मका पाँच परम्पराः खुल्ला ठाउँमा शव फाल्नेदेखि सँगै सुत्नेसम्म..

अचम्मका पाँच परम्पराः खुल्ला ठाउँमा शव फाल्नेदेखि सँगै सुत्नेसम्म..

Written By news on Sunday, 3 July 2016 | 03:39


फिटको उचाईबाट बच्चालाई फ्याँक्नुः
भारतको महाराष्ट्र, कर्नाटकसहित केही अन्य भागमा यो परम्परा विगत ५ सय वर्षदेखि चलिआएको हो । हुन त यो परम्परा अपनाउन खतरा छ तर पनि मानिसहरु यसो गर्न पछि हट्दैनन् । यसो गर्नाले बच्चाको भाग्य बलियो हुने त्यहाँका मानिसहरुको मान्यता छ ।


हुकले आफूले आफैंलाई झुण्ड्याउनुः
भारतको राज्य केरलमा ‘इगल ह्याङ्गिङ’ परम्परा कायम छ । मानिसहरुले काली मन्दिरमा गरुणजस्तै लुगा लगाएर आफूले आफैंलाई हुकमा झुण्डाउने गर्दछन् । यसो गर्नुपूर्व उनीहरु धेरै नाच्दछन् ।


जनावरको बली दिनुका साथै कंकालको पूजा गरिनुः
उत्तर अमेरिकामा बस्ने वूडू ट्राइब्सका मानिसहरु पनि निकै अचम्मका परम्परा मान्ने गर्दछन् । जनावरको बली दिनुका साथै उनीहरु कंकालको समेत पूजा गर्दछन् । वास्तवमा, यसो गर्दा वूडू देवी खुसी हुन्छिन् र उनीहरुको रक्षा गर्छिन् भन्ने विश्वास त्यहाँका जनमानसमा छ ।  । यति मात्र होइन, यसले दुखकष्टबाट पार लगाउनुका साथै रोगलाई पनि नजिक आउन नदिने उनीहरुको विश्वास छ ।


मरेको मान्छेसँगै बस्नु, सुत्नु र खाना खुवाउनुः
इन्डोनेसियामा एउटा यस्तो सम्प्रदाय छ जो मृत्युपश्चात पनि शवलाई आफूसँगै राख्छन् । यति मात्र होइन, उनीहरुलाई जिउँदो मानिसजस्तै खानासमेत खुवाइन्छ । इन्डोनेशियाको टोराज सम्प्रदायका मानिसहरु मृत्युपछि पनि जीवनलाई विश्वास गर्छन् । उनीहरुका लागि मरेका मानिसहरु पनि जिउँदा हुन्। उनीहरु मरेको मानिसलाई चिहानबाट निकालेर खाना खुवाउँछन् र उनीहरुसँगै समय बिताउँछन् । मृत्युपछि जीवनको अर्को चरण सुरु हुन्छ भन्ने उनीहरुको मान्यता छ । यो परम्परालाई इन्डोनेसियाको लाखौं मानिसहरुले मान्छन् । यो सम्प्रदायमा मरेका मानिसहरुको अन्येष्टि पनि भिन्न प्रकारले हुन्छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger