Headlines News :
Home » » पुरुषमा हुनुपर्ने ११ गुण, जसले महिलालाई हुरुक्कै पार्छ..

पुरुषमा हुनुपर्ने ११ गुण, जसले महिलालाई हुरुक्कै पार्छ..

Written By news on Tuesday, 12 July 2016 | 03:02


महिलाहरुले पुरुषका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिने गरेका हुन्छन् । महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् पुरुषहरु । यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलिले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन् ।उक्त अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषहरुमा महिलाले चाहने ११ गुण पत्ता लगाएका छन् । जसलाई विज्ञानले समे प्रमाणित गरेको उनीहरुले दावी गरेका छन् । इन्साइडर टेकले प्रकाशन गरेको उक्त रिपोर्टमा पुरुषमा महिलाले चाहने ११ गुणहरुलाई उल्लेख गरिएको छ । उक्त अध्ययनमा वास्तविक जीवनमा पुरुषबाट आश गर्ने व्यवहारलाई ध्यान दिएर अध्ययन गरिएको थियो । यस्तो छ पुरुषका ११ गुण जसले महिलालाई हुरुक्कै पार्न सक्छ ।

१. छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।

२. सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।

३. कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

४. महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।

५. मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन् ।

६. ‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

७. जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।

८. अरुको बारेमा चासो नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन् ।

९. थोरै भए पनि रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।

१०. साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।

११. पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger