Headlines News :
Home » » म्याग्दीको यातायात सेवा ठप्प..

म्याग्दीको यातायात सेवा ठप्प..

Written By news on Sunday, 3 July 2016 | 01:01


बाबियाचौर –
 निरन्तरको वर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको यातायात सेवा ठप्प भएको छ । वर्षासँगै सडकमा पहिरो खस्ने, हिलो जम्ने र खोलामा बाढी आएकाले सदरमुकामदेखि ग्रामीण क्षेत्रलाई जोड्ने सडकमा यातायात सेवा बन्द भएको हो । सडकमा जिप, माइक्रोबस र ट्याक्सी गुड्न छाडेपछि ग्रामीण बस्ती सदरमुकामसँग यातायात सम्र्पकविच्छेद भएका छन् ।

बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानीसहित सबै सडकमा सवारी आवागमन बन्द भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । सडक मर्मत गरिएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने पौडेलको भनाइ छ ।
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दाना–३ तितर, बेगको तिप्ल्याङ तथा म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रेभिरमा पहिरो खसेपछि तीन दिनदेखि अवरुद्ध छ ।

शुक्रबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलाउन हेभी इक्युपमेन्टको अभाव हुँदा मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासी बाटोमै अलपत्र परेको दानाका होटल व्यवसायी इन्द्रसिङ शेरचनले बताए।
यसैगरी बेनी–दरवाङ सडक बाबियाचौर, तातोपानी, चुत्रेनी, दुखुखोला र डम्मरा खण्डमा हिलो, खोलामा पानीको सतह बढेको र पहिरो खसेका कारणले अवरुद्ध भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । बेनी–पाखापानी, बेनी–बरञ्जा, दरवाङ–मुना, दरवाङ–नराले, दरवाङ–ओखरबोटलगायतका ग्रामीण सडक पनि अवरुद्ध हुँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी, कृषि उपज निकासी र सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ ।

यसैबीच बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी उपभोक्ता संस्थाको पाइप फुटेपछि खानेपानी अभाव भएको छ । पुम्दीखोलाको पानी ल्याइएको पाइप क्याम्पसचोकमाथि पहिरोले भाँचेपछि बेनीमा खानेपानी आपूर्ति हुन सकेको छैन । बेनी–गलेश्वरखण्डमा पनि पहिरोले पाइपलाई क्षति पु¥याएको छ । पाइप मर्मत सुरु गरिसकेको बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, असार १९, २०७३ समय: १३:२०:१९


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger