Headlines News :
Home » » जनकपुरमा माओवादी केन्द्रको चक्काजाम, बजार तनाबग्रस्त बम बिस्पोटको संकेत..

जनकपुरमा माओवादी केन्द्रको चक्काजाम, बजार तनाबग्रस्त बम बिस्पोटको संकेत..

Written By news on Sunday, 3 July 2016 | 01:05


जनकपुर, असार १९ ।
 नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डलसहित प्रहरीले पक्राउ गरेका माओवादी, कांग्रेस र फोरम कार्यकर्तालाई रिहाइको माग गर्दै जनकपुरको पिराडी चोकमा चक्काजाम गरिएको छ । जनकपुर –१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठन सम्बन्धी विवाद चुलिएर दुई पक्षबीच भिडन्त भएपछि तनाव सुरु भएको हो । शनिबार अबेर राति समितिका वर्तमान अध्यक्ष एंव कांग्रेस नेता रामवरण पासमानको घरमा फोरम र माओवादी समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डलसमेत नौ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माओवादीका मण्डल, कांग्रेस नेता श्रीराम साह र संघीय समाजवादी फोरम नेपालका रामसुखित यादव लगायत छन् ।

उनीहरुले पासमानको घरमै पसेर हातपात गरेपछि तत्काल पुगेको प्रहरी टोलीमाथिसमेत आक्रमण गरेको प्रहरी आरोप छ। स्थानीयले भने पासमानको पक्षपोषण गर्दै प्रहरी ज्यादतिमा उत्रेको आरोप लगाइरहेका छन् । अहिले शनिबार अबेर राति पक्राउ परेको मण्डल, साह र यादव समेत सबै जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् भने तीनवटै पार्टी समर्थित स्थानीय कार्यकर्ता पिराडी चोकमा टायर वालेर प्रहरी विरुद्ध प्रदर्शन गरिरहेका छन्। टायर बालेर सडक अवरुद्ध पार्दै उनीहरुले जिल्ला प्रहरी प्रमुखलाई तत्काल कारवाही र आफ्नानेताको रिहाइ माग गरिरहेका छन् ।  माओवादी नेता एंव सांसद रामसिंह यादव, माओवादी नेता नन्दकिशोर यादव, झल्कु यादव, फोरम जिल्ला अध्यक्ष शेषनारायण यादव, जिल्ला नेता हरिनारायण यादव र कांग्रेसका जिल्ला सचिव सन्तोष यादवले चक्काजामको नेतृत्व गरिरहेका छन् । अचानक चक्काजाम गरिएपछि त्रैमासिक परीक्षा चलिरहेको निजी विद्यालयहरुका विद्यार्थी बोक्ने बस जहींका त्यहीं रोकिएका छन् । यसले विद्यार्थी ठूलो मारमा परेका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger