|
|
साउन ४, बैतडी –
विषादी सेवनबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा बैतडी गाजरी– ८, सन्तडाका ४८ वर्षीय परमानन्द जोशी छन् । आज बिहान १० बजे घरमै विषादी सेवन गरी छट्पटाइरहेका बेला मृतकका भाइ राजेन्द्रले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जोशीलाई उपचारका लागि लैजाँदै गर्दा आज अपराह्न मृत्यु भएको हो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
|
|
Post a Comment