Headlines News :
Home » » प्रचण्डलाई धेरै विश्वास नगर्न कांग्रेस सभापतिलाई सुजाताको सुझाव ...

प्रचण्डलाई धेरै विश्वास नगर्न कांग्रेस सभापतिलाई सुजाताको सुझाव ...

Written By news on Tuesday, 19 July 2016 | 05:11


मङ्गलबार ०४, साउन २०७३काठमाडौँ, ।
 नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले माओवादीसँगको सहकार्य एमालेजस्तो सजिलो नहुँने भन्दै सभापति शेरबहादुर देउवालाई चनाखो रहन आग्रह गरेका छन् । ब्यवस्थापिका संसदमा सरकारबिरुद्ध दर्ता अविश्वास प्रस्तावका पक्षमा छलफल गर्न बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले माओवादीसँगको सहकार्य सजिलो नहुँने तर्क गरेका छन् ।

‘कुन धरातलमा बसेर सभापतिज्यूले माओवादीसँग सत्ता सहकार्य गर्नु भयो, त्यसको प्रष्ट जानकारी अझै हामीलाई छैन’ केन्द्रीय समिति बैठकमा बोल्दै नेत्री सुजाता कोइरालाले भनिन् ‘माओवादीसँगको सहकार्यले कांग्रेसलाई फाइदा कहिले पनि भएको छैन, यसको प्रमाणिकरण तीन महिनादेखि सुरु हुन्छ ।’ उनले एमालेसँग सहकार्य गर्न जति सजिला हुन्छ त्यति नै कठिक माओवादीसँगको सहकार्य भएको बताइन ।
त्यसैगरी कांग्रेस केन्द्रीय समितिमा अधिकाँस नेताहरुले माओवादीसँगको सहकार्यमा चनाखो हुनु पर्ने सुझाव नेतृत्वलाई दिएका छन् । तर पनि कतिपय नेताहरुले भन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई अत्यधिक बहुमतले पारित गर्नतिर लाग्नु पर्ने समेत बताए ।
बैठकका सुरुमा सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएका थिए । बैठकमा सदस्यहरुले अविश्वास प्रस्तावलाई प्रभावकारी रुपमा सफल पार्ने तथा भावी सरकार गठन प्रक्रिया र भ्रातृ एवम् शुभेच्छुक संस्थाको महाधिवेशनका सम्बन्धमा धारणा राखेको नेता अर्जुननरसिंह केसीले बताए ।

बैठकमा  यसअघि नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रसँग भएको सहमतिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने, संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि  एमालेलगायत सबै दलसँग सद्भावपूर्ण तवरले संवादको संयोजन र नेतृत्व गर्नुपर्ने विषयमा केन्द्रित भएर छलफल  भएको नेता केसीले वताए ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger