Headlines News :
Home » » ‘यसो गरेमा मात्र कतार, युएई, साउदी वा मलेसियालाई कामदारको पक्षमा काम गर्न बाध्य पार्न सकिन्छ’ काठमाडौं असार १७

‘यसो गरेमा मात्र कतार, युएई, साउदी वा मलेसियालाई कामदारको पक्षमा काम गर्न बाध्य पार्न सकिन्छ’ काठमाडौं असार १७

Written By news on Friday, 1 July 2016 | 03:30



बैदेशिक रोजगारका विषयमा गन्तव्य मुलुकहरुसँग छलफल गर्न कामदार पठाउने दक्षिण एसियाली देशहरु बीच न्यूनतम सहमति खोज्नु पर्ने यस क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् । उनीहरुले नेपाल एक्लैले अगाडी सार्ने कामदारको हीत सम्वन्धि मुद्धाको सुनुवाई नहुने भन्दै त्यसका लागि सामुहिक आवाज बलियो बनाउनु पर्ने धारणा राखे ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल र स्वतन्त्रता अभियानले राजधानीमा आयोजना गरेको एक छलफलका सहभागिहरुले कामदार पठाउने देशबीच न्यूनतम ज्याला, लागत जस्ता आधारभूत विषयमा एकमत बनाउने गरी अभियान सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

आगामी डिसेम्वरमा बंगलादेशमा हुन गइरहेको ग्लोवल फोरम फर माइग्रेसन एण्ड डिभलपमेण्ट(जिएफएमडी) मा नेपालले उठाउने साझा मुद्धाको पहिचानका लागि सरोकारवालाको छलफलका सहभागिहरुले नेपालको प्रतिनिधित्व सदैव कमजोर हुने गरेको गुनासो समेत गरे ।

सो अवशरमा बोल्दै दक्षिण एसियाली क्षेत्रीय ट्रेड यूनियन परिषद(सार्टुक) का महासचिव लक्ष्मण बस्नेतले दक्षिण एसियाली देशहरु बीचमा दुई वा तीनवटा विषयमा साझा धारणा निर्माणका लागि पहल गर्नुपर्ने बताए । उनले गन्तव्य मुलुकसँगै स्वदेशमा नै ठूलो समस्या देखिएका कारण त्यसको सुधारका लागि पनि केन्द्रीत भएर काम गर्नुपर्ने धारणा राखे ।

नेपालमा कार्यरत श्रमिकले सञ्चयकोष, बार्षिक थप एक महिनाको तलव लगायत गरेर झण्डै २० प्रतिशत अतिरिक्त पारिश्रमिक पाउने गरेको दृष्टान्त अघि सार्दै बस्नेतले सोही अनुरुपको थप भुक्तानीका लागि गन्तव्य मुलुकहरुसँग पहल गर्न सकिने बताए । बस्नेतले स्वदेशमा नै कामदारलाई हेर्ने दृष्टिकोण ठिक नभएको गुनासो गरे । उनले भनेः चारबर्ष राष्ट्रपति हुनेलाई आजिवन सुविधा, खाडीमा ५० डिग्रीमा काम गरेर पैसा पठाउनेलाई किन सम्मान दिइन्न ?  

साँसद विनोेद श्रेष्ठले बैदेशिक रोजगार समृृद्धिको अचुक उपाय नभएका कारण यसमा छलफल गरिनुपर्ने बताए । उनले मान्छे बेचेर पैसा कमाउनेहरुको भाषण सुनेर बस्नु पर्ने स्थीत आएको भन्दै यसलाई नियन्त्रण गर्न सवैले एक भएर पहल गर्नुपर्ने बताए ।

सो अवशरमा स्वतन्त्रता अभियानका मिलन धरेलले कार्र्यपत्र प्रस्तुत गर्दै जिएफएमडी, यसअघि भएका ८ वटा सम्मेलन, तिनिहरुले पारित गरेका मुख्य विषय लगायतका बारेमा प्रष्ट पारेका थिए । यसैगरी सञ्जालका तर्फबाट निलाम्वर बडालले जिफएमडीमा सरकारी र नागरिक समाजको तर्फबाट प्रतिनिधित्वको अवस्था र गरिएका मुख्य निर्णयहरुका बारेमा जानकारी गराए ।

यो पनि पढ्नुहोस्

दलालसँग मिलेको भन्दै राजदुतलाई फिर्ता बोलाएर सम्पत्ती छानविन गर्न माग

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger