Headlines News :
Home » » प्रचण्डलाई चीनले भन्यो, “ओली सरकार दायाँबायाँ भए, राष्ट्रपतिको भ्रमण रद्द गर्छों ”

प्रचण्डलाई चीनले भन्यो, “ओली सरकार दायाँबायाँ भए, राष्ट्रपतिको भ्रमण रद्द गर्छों ”

Written By news on Sunday, 10 July 2016 | 01:20


काठमाडौं, २६ असार ।
 छिमेकी राष्ट्र चीनले केपी ओली नेतृत्वको सरकार दायाँबायाँ भए राम्रो नहुनेतर्फ ध्यानाकार्षण गराउँदै माओवादी केन्द्रका अध्यक्षप्रचण्डलाई आफ्ना राष्ट्रपति सि जिनपिङको भ्रमण मितिसम्म यही सरकारलाई साथ दिन आग्रह गरेको छ । पछिल्लो समय माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विकल्पबारे राष्ट्रियस्तरमै बहस छेडिरहेको छ । स्रोतका अनुसार प्रचण्ड आँफै प्रधानमन्त्री बन्ने उद्देश्यका साथ लागिपरेका छन् । प्रचण्डको उक्त डिजाईन राम्रोसँग बुझेको चीन भने यतिवेला ओलीको विकल्प खोज्न नहुनेतर्फ सचेत देखाउँदै प्रचण्डलाई विशेष आग्रह गरेको छ ।

संविधान जारी भएसँगै चिसिएको नेपाल–भारत सम्बन्धलाई राम्रोसँग बुझेको चीन ओलीलाई निरन्तरता दिने कुरामा बढि सचेत देखिएको छ । चीनतर्फ विशेष सम्बन्ध विस्तार गर्ने अभियानमा रहेका प्रधानमन्त्री ओलीलाई प्रचण्ड बाधक बन्ने देखेपछि चीनीयाँ पक्षले प्रचण्डलाई भेटेरै सरकार परिवर्तनको खेलमा नलाग्न स्पष्ट रुपमा भनिसकेको स्रोतको दाबी छ ।

चीनीयाँ राष्ट्रपति सि यही असोजमा नेपाल आउने कार्यक्रम यसअघि नै तय भैसकेको छ । उनको नेपाल भ्रमणसँगै नेपाल र चीनवीच विशेष महत्वका परियोजनाहरुमा सम्झौता हुने विश्वास गरिएको छ । खासगरी चीनले नेपालको भौतिक पूर्वाधार विकास र जलविद्युतमा सहयोग गर्ने संकेत दिइसकेको छ ।

चीनको यो दबाबसँगै प्रचण्ड यतिवेला द्धिविधामा छन् । अध्यक्ष दाहाललाई तत्काल सरकारबाट समर्थन फिर्ता लिन माओवादी केन्द्रका प्रभावशाली नेताहरु रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन र जर्नादन शर्मा लगायतका नेताहरुले एकीकृत दबाब दिइरहेका छन् । यही दबाबका कारण प्रचण्ड कहिले काँग्रेस सभापति शेर बहादुर देउवा निवास पुग्छन त कहिले एमाले नेता माधव नेपालकहाँ पुग्छन् । पार्टीको पोलिटव्यूरो बैठकमा समेत दाहाललाई तत्काल सरकार छाड्न दबाब आएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger