|
|
२६ असार, काठमाडौं ।
सरकारी अनुगमन टोली आइतबार क्षेत्रपाटीमा पुगेपछि सो क्षेत्रका औषधि व्यवसायीमा भागाभाग भएको छ । अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरिएको मेडिकलहरूमा शिलबन्दी गरिएको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले इखा पुखु र बजगाइ मेडिकलहरूमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी अनुगमन अधिकृत शिला सापकोटाले अनलाइनखबरलाई जानकारी दिइन् ।
अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरिएको इखापुखु मेडिकल र त्यसमा शिलबन्दी गर्दै टोलीका एक सदस्य ।
इखा पुखु, रितेश लगायत अधिकांश मेडिकल पसल धनीहरु अनुगमन टोलीलाई देख्नेवित्तिकै सटर बन्द गरेर भागेका थिए । टोलीले सुगम, एमएच र फेम्जा फर्मास्यूटिकल्समा मात्र अनुगमन गर्न भ्याएको थियो ।
बन्द गरेर अनुगमनमा असहयोग गर्ने पसलहरुमा शिलबन्दी गर्न थालेपछि केहि औषधि व्यावसायीहरुले सटर खोलेका छन् । उनीहरुले औषधि व्यावसायी संघमार्फत् अनुगमनमा आउनुपर्ने धारणा राखेका छन् ।
|
|

Post a Comment