Headlines News :
Home » » होशियार ! गर्भावस्थामा झुक्याउने १० खतरा...

होशियार ! गर्भावस्थामा झुक्याउने १० खतरा...

Written By news on Sunday, 10 July 2016 | 01:17


डा. बबिता थापा , स्त्रीरोग विशेषज्ञ

लुम्बिनी मेडिकल कलेज,पाल्पा
गर्भावस्थामा विभिन्न परिवर्तन हुनु, कहिलेकाहीा बान्ता हुनु, हातखुट्टा गल्नु, पेटमा असजिलो हुनु सामान्य कुरा हुन् । तर, यिनै सामान्य कुरा कहिलेकाहीा असामान्य भएर अगाडि आइदिन सक्छ । कस्तो अवस्थामा गर्भवती महिला र पेटको बच्चालाई खतरा हुनसक्छ ? नयाँ पत्रिकाका भिषा काफ्लेले स्त्रीरोग विशेषज्ञ डा. बबिता थापालाई प्रश्न सोधे :

रक्तश्राव
गर्भ बसेको २२ हप्ता (अर्ली प्रिग्नेन्सी) र २८ हप्तापछि (लेट प्रिग्नेन्सी) रक्तश्राव हुनुलाई सबैभन्दा खतरनाक मानिन्छ । यो बीचको समयमा रक्तश्रावको समस्या खासै देखिँदैन । २२ हप्ताअघि रक्तश्राव भएमा बच्चा खेर जाने सम्भावना हुनुका साथै बच्चा पाठेघरमा नभई ट्युबमा गएर बसेको हुनसक्छ । २२ हप्तापछि रक्तश्राव भएमा साल पहिले नै छुटेको या हुनुपर्ने स्थानभन्दा तल बसेको संकेतको रूपमा बुझ्नुपर्छ । रक्तश्राव भएमा तत्काल स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिएर उपचार गर्नुपर्छ । वेलैमा उपचार नभए बच्चा त खेर जान्छ नै, आमाको ज्यान पनि जोखिममा हुन्छ ।

पेट दुख्ने
गर्भवती हुँदा पेटमा असजिलो हुनु स्वाभाविक नै हो । यस्तो असजिलोलाई महिलाले पेट दुखेको भनेर अस्पताल पुग्ने गर्छन् । केही असजिलो हुनुलाई पेट दुखेको भनिएको हो भने खासै ठूलो कुरा होइन । तर, साँच्चै पेट दुखेकै हो भनेचाहिँ खतराको संकेत हो । साल बच्चाबाट छुट्टिएर बसेको छ या बच्चा ठीक ठाउँमा छैन भने यस्तो लक्षण देखिन्छ ।

बमिट
गर्भावस्थामा हल्काफुल्का बमिट हुनु सामान्य नै मानिन्छ । दिनमा दुई–तीनपटकको बमिट समस्या होइन । तर, लगातार धेरै बमिट हुन्छ भने खतराको लक्षण भनेर बुझ्नुपर्छ । २२ हप्ताअघि लगातार बमिट हुन्छ भने त्यसले आमालाई जलवियोजन बनाउनुका साथै आमा र बच्चा दुवैलाई पोषण पुग्दैन । २२ हप्तापछि लगातार बमिट हुन्छ भने त्यो उच्च रक्तचापको संकेत हुनसक्छ ।

बच्चा कम चल्ने
पहिलो बच्चा गर्भमा छ भने २० हप्तापछि आमाले पेटभित्र बच्चा चलेको महसुस गर्न सक्छन् । यदि दोस्रो या सोपछिको गर्भ हो भने १८ हप्तामा नै बच्चा चलेको आमालाई थाहा हुन्छ । विशेष गरी २८ हप्तादेखि बच्चा चले/नचलेको चिकित्सकले जाँच्ने चलन छ । १२ घन्टामा बच्चा १० पटकभन्दा कम चलेमा गर्भभित्रै बच्चालाई अप्ठ्यारो भएको हुनसक्छ । यो कुरामा आमाले विशेष ख्याल गर्नुपर्छ ।

पेट दुख्दै, छोड्दै गर्ने
गर्भ बसेको सात–आठ महिना पुगेपछि पेट दुख्दै, छोड्दै गर्नु भनेको व्यथा लाग्ने संकेत हो । ३४ हप्ताभन्दा कम उमेरको बच्चा बचाउन कठिन हुन्छ । यो समयमा पेट बढी दुख्ने गरेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।

बढी पानी जाने
सामान्यत: गर्भावस्थामा बढी नै पिसाब लाग्छ । तर, चौलानीजस्तो पिसाब ठूलो भोल्युममा लगातार हुन थाल्यो भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । यस्तो पानी बढी बहँदा आमा र बच्चा विभिन्न खाले संक्रमणको सिकार बन्न सक्छन् ।

हातखुट्टा सुन्निने/टाउको दुख्ने
गर्भावस्थामा हातखुट्टा सुन्निन सक्छ । यस्तो हुनु भनेको रक्तचाप बढ्ने संकेत हो । रक्तचाप बढ्दा आमा र बच्चाले पाउने पोषणमा तल–माथि हुनसक्छ । धेरै टाउको दुख्नु र आँखा धमिलो हुँदै जानु पनि उच्च रक्तचापको संकेत हो ।

पिसाब फेरेपछि तल्लो पेट दुख्ने/पिसाबमा रगत देखिने
पिसाबमा रगत देखिने भनेको आमा र बच्चा दुवैलाई विभिन्न किसिमका संक्रमणले आक्रमण गर्नु हो । पिसाबमा हुने संक्रमणको कारणले पिसाब फेरिसकेपछि तल्लो पेट दुख्नसक्छ । पिसाबमा रगत देखिएमा त्यसले संक्रमण गराई आमालाई ज्वरो आउने, समय नपुगी व्यथा लाग्ने हुनसक्छ । बच्चा नजन्मँदै संक्रमित हुनेदेखि कम तौलको जन्मन सक्छ।

सेतो पानी बग्ने
योनीबाट सेतो पानी बग्नु पनि गर्भवती महिला र बच्चाका लागि खतराको संकेत हो । यस्तो पानीले आमा र बच्चालाई चाँडै विभिन्न किसिमको संक्रमण गराउँछ । यदि समयमै यसको उपचार गरेर संक्रमण रोकथाम गर्न सकिएन भने आमा र बच्चा दुवैको ज्यानमा खतरा हुन्छ ।

रुघाखोकी
गर्भवती महिलालाई रुघाखोकीको संक्रमण बढी नै हुनसक्छ । तर, रुघाखोकी हो भन्दैमा झारा टारेर बस्नु हुँदैन । स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार गर्नुपर्छ । रुघाखोकीले फोक्सोमा समस्या पार्ने हुँदा आमा र बच्चा दुवैलाई असर गर्छ।  नयाँ पत्रिकामा खबर छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger