Headlines News :
Home » » बार्ताका लागी गएका मन्त्री र ब्यबसायी बिच मलेसियामा झगडा ।

बार्ताका लागी गएका मन्त्री र ब्यबसायी बिच मलेसियामा झगडा ।

Written By news on Monday, 4 July 2016 | 01:14

असार - २०, पोखरा ।


              मलेसियासँग द्धिपक्षीय वार्ताका लागि वैदेशिक रोजगार व्यवसायीहरुलाई समेत बोकेर मलेसिया पुगेका श्रम तथा रोजगारमन्त्री दीपक बोहरा एक्लै त्यहाँको सरकारी पक्षसँग भेटेपछि व्यवसायी रुष्ट भएका छन् ।  यही असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल, अन्य दुई अधिकृत र वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई बोकेर मन्त्री बोहोरा मलेसिया पुगेका थिए ।  तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि मन्त्री र व्यवसायीको झगडा परेको हो ।

            बिहीबार नेपाल फर्किएका व्यवसायीले फर्किएलगत्तै पत्रकार सम्मेलन गरी आफूहरुलाई मन्त्रीले अपमान गरेको बताए । उनीहरुले आफूहरुलाई घुमाउन मात्रै लगेको जसरी टोलीमा सहभागी गरेर बिना उपलब्धी त्यसै फर्काएको गुनासो गरे ।  व्यवसायीले छलफलमा सहभागी नराउने भए किन आफूहरुलाई लगिएको भन्दै मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासले छलछाम गरेको आरोप समेत लगाए ।  यता शनिबार मात्रै मलेसियाबाट फर्किएका मन्त्री बोहराले आइतबार अर्को पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गरे । उनका अनुसार आफूहरुले वार्तामा व्यवसायीलाई पनि सहभागी गराउन चाहे पनि मलेसियाली पक्ष नमानेपछि सकिएन । उनले वार्तामा व्यवसायीलाई सहभागी गराउनैपर्ने कुनै बाध्यकारी व्यवस्था नभएको तर्क पनि गरे । मलेसियाको तर्फबाट पनि वार्तामा कुनै व्यवसायी सहभागी नभएको बोहोराको तर्क थियो ।

                विवादको केन्द्रमा मलेसियास्थित नेपालका राजदूत निरञ्जनमान सिंह बस्न्यात थिए । व्यवसायीका अनुसार राजदूत बस्न्यात भिएलएन नेपाल, बायोमट्रिक प्रणालीजस्ता संस्थामार्फत भ्रष्टाचारमा संलग्न छन । उनीहरुले बस्न्यातलाई नेपाल फिर्ता बोलाउन पनि सरकारसँग माग गरे ।  उक्त आरोपको खण्डन गर्दै मलेसियास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्यो ।    मन्त्री बोहरा मलेसिया भ्रमणका गएको समय त्यहाँका गृहमन्त्री रमदानका अवसरमा साउदी अरबको मक्कामा बिदा मनाउन गएकाले भिएलएन, बायोमेट्रिकजस्ता विवादास्पद विषयमा छलफल हुन सकेन ।  मलेसियाका मानव संसाधन मन्त्रीसँग मन्त्री बोहराले छलफल गरेका थिए । तर छलफलमा कुनै उल्लेख्य सहमति हुन सकेन । मलेसियामा सबै रमदान पर्वमा व्यस्त भएकोे र बिनातयारी गलत समयमा भ्रमण भएको व्यवसायीले आरोप लगाएका छन् ।

               मन्त्री बोहोरा भने भ्रमण उपलब्धीपूर्ण भएको दाबी गर्छन । भ्रमणमा मलेसियाका मानव संशाधनमन्त्री दातो स्रि रिचार्ड राइट अनक जेइमसँगको द्विपक्षीय भेटवार्तामा नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयलाई प्राथमिकता दिएर छलफल गरिएको उनले बताए ।  भेटवार्तामा मलेसियामा कार्यरत नेपालीको सेवा र सुरक्षाका विषयमा समेत सकारात्मक छलफल भएको उनको दाबी छ ।

              केही महिनादेखि मलेसियाले नेपाललगायत उसले कामदारले आपूर्ति गर्ने १६ मुलुकबाट कामदार लिन प्रतिबन्ध लगाएकामा नेपाललाई खुलाउने विषयमा भ्रमणमा सकारात्मक छलफल भएको बोहोराको भर्ना छ ।  मलेसियाको कारागार तथा कैद शिविर (डिटेन्सन क्याम्प)मा गरी ४६१ जना नेपाली रहेको र उनीहरुलाई कैदमुक्त गर्नेबारेमा छलफल भएको उनले बताए । छ नेपालीको शव मलेसियामा रहेकाले त्यसलाई तत्काल नेपाल ल्याउन आफूले पहल गरेको बोहोराको भनाइ छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger