चलचित्र ‘लालटिन’को डबिङमा भेटिएका नायक दयाहाङ राई यतिबेला नयाँ चलचित्रमा खेल्न प्रस्ताब राख्नु हुने निर्माता निर्देशकहरूको एकपछि अर्को गर्दै सिनेमाहरू अस्वीकार गर्नु परेकोमा आफू दुखी रहेको बताउँछन् । हिजो आज प्रत्येक दिन जस्तो ३-४ वटा नयाँ सिनेमामा खेल्ने प्रस्ताब आउने गर्दछ, ती मध्ये कतिलाई मैले पहिले नै चलचित्र खेल्न स्वीकृति दिईसकेको छु । विविध कारणवश ती चलचित्रहरू समयमै शुरू हुन सकेन, अहिले ती चलचित्र गर्न दबाब आउँदा आफू अत्यन्तै समस्यामा पर्ने गरेको नायक राई बताउँछन् । आफू एक्लो मान्छेलाई यतिबेला चलचित्रको कामले भ्याई नभ्याई छ । पहिल्यै काम गर्न एग्रीमेन्ट गरेका र नयाँ प्रस्ताब आएका चलचित्र गरूँ भने सबै चलचित्रमा काम गर्न सम्भब छैन, गर्दिन भनुँ आफैँलाई अप्ठेरो लाग्छ । फेरि गर्दिन भन्दा यो त ठूलो मान्छे भएछ भन्ने आरोप पनि खेप्नु पर्दछ । यसरी हेर्दा चर्चित हुनु भनेको पनि समस्या नै हुँदो रहेछ भनेर हामी सँगको भेटमा राई दुखेसो पोख्छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment