Headlines News :
Home » » शहरमा पानी पस्न नदिन चीनियाँ सिपाहीले बनाए आफ्नै शरिरको बाँध..

शहरमा पानी पस्न नदिन चीनियाँ सिपाहीले बनाए आफ्नै शरिरको बाँध..

Written By news on Friday, 15 July 2016 | 03:28


चीनियाँ सिपाहीका एक समूहले शहरमा पानी पस्न नदिनको लागि आफ्नै शरिरलाई ढालको रुपमा प्रयोग गरेका छन् ।

जियाङ्जी प्रान्तको जिउजियाङ्ग शहरका हज्जारौं मानिसहरु बाढीका कारण लगभग आफ्नो बासस्थान छोड्न बाध्य भएका थिए ।
छातीभन्दा माथि रहेको पानीमा १६ सिपाहीहरु लगभग ६ घण्टासम्म पानीमा रहिरहे किनभने उनीहरु पछाडि जुन वस्ती र घरहरु थियो, तिनलाई उनीहरुले बचाउनु थियो, पिपल डेली चाइनालाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
डेली मेल लेख्छ– याङ्त्जे बेसिनमा अवस्थित बोयाङ तालको जलस्तर वर्षातका कारण उच्च रहँदै आएको छ । बुधबार करिब १० बजे बाँध फुटेर धान खेती गरिरहेको जमिनमा उर्लियो । पिएलएका लगभग १०० सिपाहीहरु सेना विभागका उपप्रमुख लिन जेन–मिंग सहयोगको लागि रवाना भए । जेन–मिंगले अवस्था हेरी उर्लदों पानीमा हाम फालिहाले । त्यसको केही सेकेन्डमा नै १६ जवानले पनि पानीमा हाम फाले ।
मानव बाँध बनाउनका लागि उनीहरुले आफ्नो शरिरको प्रयोग गरे । किनारामा बालुवाको ब्याग राख्नका लागि उनीहरुले एक अर्कालाई निरन्तर सहयोग गरिरहे ।
उर्लदों पानीमा उनीहरु लगभग ६ घण्टासम्म उभिरहे र बाँध बनाउनका लागि उनीहरुले लगातार बालुवाको ब्यागलाई पनि राखिरहे ।
बेलुकाको ७ बजे फुटेको बाँधलाई उनीहरुले बनाउन सके ।
यहाँ सिपाही थिए, त्यसकारण मेरो धान रोपेको खेत सुरक्षित छ,’ एक किसानले त्यहाँको स्थानीय मिडियालाई जानकारी दिए ।

ती सिपाहीहरुको बहादुरीताले ५ हजार एकरमा फैलिएको बाली र ६ हजारभन्दा बढी बासिन्दालाई क्षती पुर्याउनबाट जोगाएको आइफेंगले बताएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger