|
|
१ असार, काठमाडौं ।
नेपाली मूलका पूर्व इण्डियन आइडल प्रशान्त तामाङलार्इ भारतीय प्रहरीले बर्खास्त गरेकोमा एक मन्त्रीले आपत्ति जनाएका छन् ।
भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले तामाङलाई सेवाबाट हटाउनु अवान्छित भएको बताएका हुन् । निधिले शनिबार ट्वीट गर्दै कारबाहीको सट्टा अरु नै कदम चालेको भए राम्रो हुन धारणा व्यक्त गरेका हुन् ।मन्त्री निधिले भारतीय राष्ट्रियता भएपनि प्रशान्तलाई नेपालमा माया र सम्मान दिएकोले आफूहरुको चासो भएको बताएका छन् ।कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ इण्डियन आइडल भएपछि लामो समय बिदामा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको थियो ।२००९ देखि २०१२ सम्म १ हजार ८७० दिन गयल भएका थिए । इण्डियन आइडल भएपछि प्रहरीले प्रशान्तलाई दुई वर्षे विदा दिएको थियो । तर, २००९ मा नै विदा सकिएको भएपनि प्रशान्त सम्पर्कमा नआएकाले कारबारही गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
|
|
Post a Comment