|
|
नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गरेपछि संकटमा परेको ओली सरकारको पक्षमा समर्थन जुटाउन अहिले राजधानीमा ऐक्यबद्धता र्याली आयोजना भएको छ ।
स्वतन्त्र युवा अभियानले ओली सरकारको पक्षमा ऐक्यबद्धता जनाउन आह्वान गर्दै सकेसम्म राष्ट्रिय झण्डासहित शुक्रवार ३ बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरेको थियो । ‘सम्पूर्ण राष्ट्रप्रेमी र विकासप्रेमी युवा साथीहरुमा उपस्थितकिा लागि अनुरोध छ’ भनेर गरिएको प्रचारलाई पछ्याउँदै हजारौ युवा माइतीघर मण्डलामा उपस्थित भएका छन् । आयोजकले र्यालीमा स्वस्र्फूत रुपमा युवाहरु आउने क्रम जारी रहेको र लाखौं युवा उपस्थित हुने दाबी गरेका छन् ।
|
|
Post a Comment