Headlines News :
Home » » वेल्सको १९५८ पछी कै सबैभन्दा ठुलो खेल आज बेल्जियम बिरुद्द..

वेल्सको १९५८ पछी कै सबैभन्दा ठुलो खेल आज बेल्जियम बिरुद्द..

Written By news on Friday, 1 July 2016 | 04:55

वेल्सको १९५८ पछी कै सबैभन्दा ठुलो खेल आज बेल्जियम बिरुद्द, यी दुइमा को पुग्ला सेमिफाइनलमा पोर्चुगल संग खेल्न?


युरो २०१६ मा बेल्जियमविरुद्धको खेल १९५८ विश्वकपपछिको सबैभन्दा ठूलो खेल भएको वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले बताएका छन् ।

१९५८ विश्वकपमा ब्राजिलसँग पराजित भएपछि वेल्स ५८ वर्षसम्म ठूला प्रतियोगिताको फाइनल चरणमा पुग्न सकेका थिएन ।  विश्व वरियताको २४ औं नम्बरमा छ । र, दुई स्थानमाथि रहेको बेल्जियमसँग आज शुक्रबार खेल्दैछ ।

दाउमा के रहेको भन्ने आफूहरुलाई थाहा रहेको भन्दै उनले भने, यसका लागि शानदार दबाव छ ।’ उनले अघि भने, १८५८ को क्वार्टरफाइनलपछि हाम्रा देशका लागि यो ठूलो खेल हो ।’

रियल मड्रिडका ग्यारेथ बेल र आर्सनलका आरोन राम्सीसहितको बेल्स अहिले निकै राम्रो फर्ममा देखिएको छ ।

बेल्जियम पनि राम्रो टिम हो । उसले पनि वेल्सले जस्तै समूह चरणको तीन मध्ये दुई खेल जितेको थियो । र, उसको टिममा पनि प्रिमियर लिगका अेलाडीहरु छन् । इडेन हजार्ड, केभिन डि ब्रुयेन र रोमेलु लुकाका उसका भरपर्दा खेलाडी हुन् ।

खेल हेर्दा वेल्समा झण्डै २० हजार समर्थक लिले पुग्नेछन् । तर, बेल्जियमको सीमा त्यहाँबाट करिव १० माइल मात्र छ र १ लाख ५० हजार भन्दा बढी बेल्जियमका समर्थक त्यहाँ हुनेछन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger