Headlines News :
Home » » अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा..

अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा..

Written By news on Sunday, 3 July 2016 | 00:15


पर्वत, १९ असार ।
 बिहीबारदेखि परेको लगातारको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ ।पर्वत, स्याङ्जा र गुल्मीका सिमानामा रहेको पर्वतका शालिग्राम गाविसमा रहेको विश्वकै ठूलो शालिग्राम शिला कालीगण्डकीमा पानीको सतह बढेर सामान्य अवस्थामा भन्दा माथि आइपुगेपछि डुबानमा परेको हो ।
शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित समेत विस्थापित छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबाएको स्थानीय प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त न्यौपानेले जानकारी दिए । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।

यता पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका छन् । कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले जानकारी दिए। मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीवेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको पिँढीखोलामा पर्ने बजार क्षेत्रमा झन्डै डेढ सय व्यापारी तथा सर्वसाधारण त्रसित छन् ।

छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित थिए । बिहीबारदेखिको वर्षा र बाढीले स्याङ्जातर्फका भागमा कटान सुरु गरिएकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्ने देखिएको छ । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय शिक्षक पाण्डेले बताए ।

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’को बाँधका सबै ढोका खोल्न लगाइएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिए। उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए । उनले स्थानीय प्रहरी चौकीलाई निगरानी बढाउन लगाइएको तथा पानीको सतह बढेर माथि आउनेबित्तिकै स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान निर्देशन गरिएको जानकारी दिनुभयो । वर्षा नरोकिएमा जुनसुकै बेला पनि खतरा बढ्ने भएकाले स्थानीयवासीलाई सचेत भएर बस्न आग्रह गरिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger