Headlines News :
Home » » गाउँकै दुई साथी केटी लिएर कोठामा पसेपछि…

गाउँकै दुई साथी केटी लिएर कोठामा पसेपछि…

Written By news on Friday, 29 July 2016 | 00:21



काठमाडौं –
उनको दोष केही थिएन, तर पनि एक रात जेलमा कोचिनु पर्‍यो । त्यतिमात्र होइन, बुबाको उपचारका लागि ल्याएको ५० हजार रुपैयाँ गुमाउनु पर्‍यो । गाउँठाउँका साथीलाई विश्वास गरेकै कारण अहिले उनी तनावमा छन् । उनी अर्थात्, सुनसरी इनरुवाका रामनन्दलाल कर्ण । उनका बुबा उपचारका लागि ललितपुरस्थित बिएन्डबी अस्पताल भर्ना गरिएका छन् । कर्णले बस्न सजिलो होस् भनेर नजिकैको एक होटलमा कोठा लिएका छन् । घटना हो, बुधबार रातिको । साथी गोविन्द सिंह र चिनजानका राहुल राईले उनलाई भेट्न आउने प्रस्ताव राखे । गाउँमा खाइखेली हुर्केको साथीलाई अविश्वास गर्नुपर्ने कारण थिएन । कर्णले सहर्ष स्वीकारे । नभन्दै बेलुकीतिर दुबै साथी होटलको कोठा नम्बर ३०४ मा पुगे ।

 तर अन्य दुई युवती पनि सँगै थिए । बुझ्दै जाँदा ती युवती यौनकर्मी रहेको कर्णले चाल पाए । उनले ती युवतीलाई कोठामा पस्न नदिने अड्डी कसे । तर साथीहरुको हठले गर्दा तिनै युवतीले कर्णको ५० हजार रुपैयाँ उम्काए । प्रहरीका अनुसार सिंह र राईले जबर्जस्ती युवती कोठाभित्र लगेपछि कर्ण विरोध गर्दै तल ओर्लिएका थिए । यही क्रममा दुई युवती कर्णको झोलामा रहेको पैसा लिएर फरार भए । कर्णले तत्काल प्रहरीलाई खबर गरे । तत्काल महानगरी प्रहरी बृत्त जनसेवाको टोली घटनास्थल पुग्यो । त्यहाँ पुग्दा सिंह र राईले उल्टै डिउटीमा रहेका हवल्दारमाथि हातपात गरे । त्यसपछि प्रहरीले कर्णसहित तीनै जनालाई नियन्त्रणमा लियो । निर्दोष देखिएपछि कर्णलाई भने प्रहरीले बिहीबार बिहान छाडिदिएको छ । दुवै युवतीको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger