Headlines News :
Home » » अनौठो गाउँ:जहाँका मानिसले सर्पको विष पचाउँछन्, सर्पसँगै खेल्छन्......हेर्नुहोस..

अनौठो गाउँ:जहाँका मानिसले सर्पको विष पचाउँछन्, सर्पसँगै खेल्छन्......हेर्नुहोस..

Written By news on Friday, 29 July 2016 | 00:17



भारतको बिहार राज्यस्थित समस्तीपुर इलाकामा एउटा सिन्धियाघाट नामक गाउँछ रहेको छ । उक्त गाउँका मानिसहरु यतिधेरै बलवान छन् की उनीहरुलाई जस्तोसुकै विषालुु सर्पले डसेपनि फरक पर्दैन ।

सर्पले डसेर सर्पको विष शरीरमा फैलिएपनि यो गाउँमा मानिसहरु मर्दैनन् अर्थात् यो गाउँका मानिसहरुले सर्पको विष पचाइदिन्छन् ।

नागपञ्चमीको अवसरमा त्यहाँ सर्पको मेला नै लाग्दछ र उक्त मेलामा मानिसहरु सर्पसँग खेल्दछन् । यसरी खेल्दा धेरै जनालाई सर्पले डस्दछ पनि । तर उनीहरुलाई केही हुँदैन । देवी भगवतीको आशिर्वादले गाउँका मानिसहरुमा सर्पले डस्दा कुनै असर नपर्ने विश्वास गाउँलेहरुको छ ।

यो गाउँका मासिनहरु गोमन लगायतका खतरनाक सर्पहरुलाई समेत पक्रेर घरमा राख्दछन् । दुनियाकै विषालु सर्पमा पर्ने गोम साँपलाई घरमा राखेर उहीँसँग खेल्दछन् र जिस्काउँछन् । बच्चाबच्चीहरुले त साना तिना सर्प शिवजीले झैँ गलामै लगाउँछन् ।

नागपञ्चमीको दिन हजारौँ श्रद्धालुहरुले नागदेवको पुजा अर्चना गर्छन् गाउँमा । पुजाआजापछि मानिसहरु गाउँ नजिकैको नदीमा गएर सर्प समात्दछन् । गाउँका सबै मानिसहरु सर्प समाउनमा माहिर छन् । यसरी समातेका र घरमा पालेका सर्पहरुको मेला नै लगाइन्छ । यस्तो मेला ३ सय वर्षदेखि चलिरहेको छ ।

सर्पको पुजा गर्दा र सर्पलाई दूध र धाका लावा चढाउनाले मनोकांक्षा पूरा हुने विश्वास गाउँलेहरुमा रहेको छ । एजेन्सीको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger