Headlines News :
Home » » बालिका बलात्कार गर्ने तीन जना पक्राउ...

बालिका बलात्कार गर्ने तीन जना पक्राउ...

Written By news on Thursday, 14 July 2016 | 00:46


असार ३०, राजविराज –
 ललाइफकाई रु ५०० दिएर एक १५ वर्षीया बालिकालाई बलात्कार गर्ने तीन जना व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको कञ्चरुप नगरपालिका–५ स्थित बेरियरबाट सामान किनेर आफ्नो घर जाँदै गरेकी एक १५ वर्षीया बालिकालाई सोही नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदारले उक्त बालिकालाई रु ५०० सय दिन्छु भनी ललाइफकाई कञ्चरुप नगरपालिका–३ स्थित सडकदेखि दक्षिणपट्टिको एक सय मिटर दूरीमा झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती बालिकासँग दुव्र्यवहार गरिरहेका सरदारलाई को९प ४४३३ नंको मोटरसाइकलमा आएका पोर्ताहा–९ का २३ वर्षीय अशोक साह र सोही ठाउँका १८ वर्षीय शिवराम सरदारले देखेपछि अरुलाई भनिदिन्छु भनेपछि डराइ धम्काई उक्त बालिकालाई दुवै जना युवाले त्यहाँबाट मोटरसाइकलमा चढाएर कञ्चरुप नगरपालिका–७ स्थित सुन्सान ठाउँ राजपुरमा लगेर पालैपालो बुधबार राति बलात्कार गरेको प्रहरी निरीक्षक गौरव महतले बताए । मादक पदार्थसमेत सेवन गरेका ती दुई युवकले सो ठाउँबाट पुनः मोरसाइकलमा चढाएर राजमार्ग हुँदै भारदह–१ स्थित कोसी बाँधमा लगेर दुवै जनाले पुनः बलात्कार गरेको प्रहरीले बताएको छ । कोसी बाँधबाट फेरि मोटरसाइकलमा ती बाकिका र दुवै जना केटा चढेर राजमार्ग हुँदै कञ्चरुप नगरपालिका आउने क्रममा इलाका प्रहरी कार्यालय कञ्चपुरको टोलीले राजमार्गमा सवारी साधन चेक जाँच गरिरहेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकललाई ओभरस्पिड गर्ने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि युवतीसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको बयानका आधारमा सो कुरा बाहिर आएको प्रहरी निरीक्षक महतले जानकारी दिए । बलात्कारको सिकार भएकी बालिकालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने पक्राउ परेका दुवै युवालाई हिरासतमा राखिएको छ । यता रु ५०० दिएर बलात्कार गर्ने सरदारलाई समेत प्रहरीले आजै पक्राउ गरेको बताएको छ । पक्राउ परेका दुई युवा दोषी देखिएकाले उनीहरुमाथि अपहरण शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा चलाइने प्रहरी निरीक्षक महतले भने । साथै आरोपी सरदारमाथिसमेत जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको उनले जानकारी दिए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger