|
|
पेरिस – युरोपेली फुटबलको महासंग्राम युरो २०१६ को फाइनलमा चर्चा दुई दाबेदार टोली फ्रान्स र पोर्चुगलको हुनुपर्ने थियो । तर, खेलको दौरान सामाजिक सञ्जाल र इन्टेरनेटमा भने चर्चा खेलको साटो एउटा पुतलीको भइरहेको थियो

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो घाइते भएर रोइरहँदा एउटा बत्तीमा झुम्मिने पुतली आएर उनको अनुहार वरपर घुमेको टेलिभिजन फुटेजमा देखिएको थियो । त्यसको केही बेरमा नै उक्त पुतली समाजिक सञ्जालमा चर्चाको विषय बन्यो । ट्वीटरमा यो ट्रेन्डिङ हुन थाल्यो भने हाफटाइमसम्ममा यसको ५० भन्दा बढी एकाउण्ट नै खडा भए ।
|
|
Post a Comment