|
|
काठमाडौं, असार २७ ।
आफ्नै ठाउँकी एक महिलाको नक्कली फेसबुक आइडी बनाएर अश्लिल फोटो पोष्ट गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
प्रहरीले सुर्खेत भेरीगंगा नगरपालिका १४ बस्ने २७ वर्षकी गंगा चन्द ठकुरीलाई अश्लिल फोटो पोष्ट गरेको आरोपमा पक्राउ गरेको हो ।
ठकुरीले छिमेकी महिलाको नाममा नक्कली आइडी बनाई अश्लिल फोटो पोष्ट गरेको र ती फोटो ती महिलाका आफन्लाई ट्यागसमेत गरेको प्रहरीले बताएको छ ।
पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा गंगालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले गंगाले आफ्नो मोवाइलमार्फत पीडित महिलाको नक्कली फेसबुक खोली बिभिन्न अश्लिल फोटो पोष्ट गरेको देखिन आएको र उनलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताएको छ ।
|
|
Post a Comment