Headlines News :
Home » » जम्मु कश्मीरमा व्यापक हिंस्रक प्रदर्शन, मोदी केन्यामा आदर्शका कुरा गर्दै..

जम्मु कश्मीरमा व्यापक हिंस्रक प्रदर्शन, मोदी केन्यामा आदर्शका कुरा गर्दै..

Written By news on Monday, 11 July 2016 | 00:56


कश्मीर, असार २७ ।
 भारत प्रशासित जम्मु कश्मीरमा एउटा कथित मुठभेडमा उग्रवादी नेता बुरहान वानीको मारिएपछि व्यापक हिंस्रक प्रदर्शन भइरहेको छ । यस क्रममा २३ भन्दा बढी नागरिकको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । मृतकमा सुरक्षाकर्मी समेत छन् ।


सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा तीन सयभन्दा बढी घाइते भएका छन् । श्रीनगरका विभिन्न ११ स्थानमा कर्फ्यु लगाइएको छ ।

कर्फ्युका बाबजुद प्रदर्शनकारीहरु सडकमा निस्किएर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन् । भारतका वरिष्ठ पत्रकार बशीर मन्जरका अनुसार कश्मीरमा भइरहेको विरोध प्रदर्शनले स्थानीयमा दबेको आक्रोस अभिव्यक्त गरेको छ । कश्मीर मुद्दाका बारेमा लामो समयसम्म केन्द्र सरकार या राज्य सरकारबाट चासो नदेखाइएको कारण स्थानीय यति धेरै आक्रोसित भएका हुन सक्ने उनको ठहर छ ।

प्रदेश सरकारले शान्ति कायम राख्न स्थानीयलाई अपील गरेको छ । तर स्थानीयमा यस्तो अपीलको खासै प्रभाव परेको देखिदैंन ।

सुरक्षा कारवाहीमा शुक्रबार बुरहान मारिएपछि हिंस्रक प्रदर्शन सुरु भएको हो । मुस्लिम बाहुल्य सो क्षेत्रमा मुस्लिमहरुको पवित्र पर्व इदका कारण घर–घरमा पर्याप्त मात्रामा खाद्यान्नको जोहो भएका कारण अहिलेसम्म जनजीवनमा खासै प्रभाव परेको छैन । तर खाद्यान्न भण्डार सकिदैं गएपछि हिंसाका कारण पर्ने प्रभावले दैनिक जीवनलाई पिरोल्न सक्ने स्थानीय विज्ञहरुको भनाइ छ ।
कश्मीरको अवस्था तनावपूर्ण रहेकै समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने केन्यामा आदर्शका कुरा गरिरहेका छन् । नैरोवीमा भारतीय समुदायलाई सम्बोधन गर्दै उनले आतंकवादको सामना गर्न मानवतामा विश्वास गर्ने सबै शक्तिहरु एकजुट हुनुपर्ने खाँचो औंल्याए । (एजेन्सी)

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger