|
|
एजेन्सी,३१ असार ।
विश्व फुटवल महासंघ (फिफा)का अध्यक्ष जानी इन्फोटोनी फिफाको आचार संहिता उलंग्न गरेको भन्दै छानविन सुरु भएको छ । फिफाको इथिक्स कमिटीका सदस्य रोबर्ट टोरेसले शुक्रबारसम्म उनी माथिको छानविनको सत्यतथ्य बाहिर आउने बताएका छन् । इन्फोटोनीले आफूमाथि लगाएको आरोप गलत र आधारबिहिन भएको बताएका छन् ।
उनी विरुद्ध पूर्णरुपमा छानविन गर्नका लागि ९० दिनसम्म निलम्बित हुन सक्ने छन् । फिफाका प्रवक्ताले भनेका छन्ः‘इन्फोटोनी कहाँ चुके त्यो छानविन गर्ने इथिक्स कमिटीलाई हामीले सम्मान गर्नुपर्छ । छानविन जरुरी पनि छ । यसले सत्य तथ्य बाहिर ल्याउँछ । यसको समिक्षा हुन्छ ।’
इन्फोटोनीले ज्युरिक्खमा रहेको फिफाको मुख्यालयमा कर्मचारी फेरबदलमा गर्दा अनियमितता गरेको आरोप छ । सन् २०१८ रुस र २०२२ मा कतारमा हुने विश्कपमा पूर्व यात्रा गर्दा जेट लगेर गएका थिए । जेट किन लिएर गइयो र यसको फाइदा के भन्दै इथिक्स कमिटीले उनीमाथि प्रश्न गरेको छ ।
|
|
Post a Comment