Headlines News :
Home » » ५ महिना देखि तलव पनि दिंदैन, घर फर्किन पनि पाइन्न...

५ महिना देखि तलव पनि दिंदैन, घर फर्किन पनि पाइन्न...

Written By news on Friday, 15 July 2016 | 04:20


दोहा- साउदी अरबको दमामस्थित जुबेलमा २३ जना नेपाली कामदारको अवस्था निकै दहनीय बन्दै गइरहेको छ । अब्दुल मोहसिन अल मोउसा कम्पनीमा कार्यरत नेपालीको अवस्था दहनीय बन्दै गएको हो । पाँच महिनादेखि तलब समेत नपाएका उनीहरु स्वदेश फिर्नबाट बञ्चित छन् । कम्पनीले एक महिनादेखि खाना दिन समेत बन्द गरेपछि उनीहरु शारीरिक र मानसिक रुपमा पीडित बनेका छन् ।

जुबेल आरम्को पुल नजिकै बस्दै आएका उनीहरुले तलब दिलाएर स्वदेश पठाइदिन स्थानीय श्रम अदालतमा मुद्दा हालेपनि सुनुवाई हुन सकेको छैन् । ‘केही साथीले जनवरी र फेब्रुअरीदेखि तलब पाएका छैनन्' धिताल गाविस-४, कास्कीका दीपेनकुमार क्षेत्रीले भने, ‘कम्पनीले खाना उपलब्ध गराउन छोडेको महिना दिन भन्दा बढी भयो । अहिले हाम्रो दैनिकी दिनहुँ कष्टप्रद बन्दै गइरहेको छ ।’

पीडित कामदारले जुन १४ तारिखबाट काम गरेको छैनन् । ‘हामी तलब रोकिएकोले एकदिन ड्युटी रोक्यौं । त्यही दिनबाट खाना रोकियो । भोलिपल्ट ड्युटी जान अनुरोध गरेको थियो । हामीले भोकै छौं । केही खाना खाएको छैनौं । खाने व्यवस्था गरिदिए जान्छौं भन्यौं' क्षेत्रीले भने,‘त्यसपछि कम्पनीका मुदिर फर्केर आएनन् । हामीलाई काममा हिँड भनेर कहिल्यै भनेनन् ।’

उक्त कम्पनी भारतीयले चलाएका हुन् । पीडितले तलब र स्वदेश फिर्तीको माग गर्दै श्रम कार्यालयमा मुद्दा दायर गरेका थिए । श्रमले कम्पनीलाई चारपटक बोलाए पनि उपस्थित हुन नगएको पीडितले बताए । ‘श्रमले पत्रचार गर्दा पनि कम्पनी गएन । अब हाम्रो मुद्दा उच्च अदालतमा जाला जस्तो छ' योगनारयण चौधरीले भने ।

पीडित कामदार पाँच महिनादेखि ५ वर्षसम्म कार्यरत छन् । गत फेब्रुअरी २४ मा आइपुगेका घ्याम्पेसाल-६, गोरखाका राजेश रम्तेलले नयाँ कामदारको अवस्था झन् निकै खरब भएको बताए । ‘८० हजार रुपैयाँ तिरेर साउदी आए । आएदेखि जम्मा दुईसय १७ रियाल मात्रै पाएको छु । आउँदा लागेको ऋण जस्ताको तस्तै छ । घरबाट पनि दबाब आइरहेको छ । यता कम्पनीको हालत यस्तो छ' उनले भने, ‘म्यानपावरले भने वास्ता गर्दैन् । काम गर मात्रै भन्छ । काम भए त गर्ने हो । त्यो पनि छैन ।’

उक्त कम्पनीमा काठमाडौं चक्रपथस्थित सिद्धार्थबुद्ध ओभरसिजबाट आएका हुन् । म्यानपावर आफ्नो जिम्मेवारीबाट पुरै पन्छिएको भन्दै नयाँ आउने कामदारले कारबाहीको माग गरेका छन् ।

त्यस कम्पनीमा कार्यरत पुराना कामदारको रकम राखिदिने भएकोले पुन फर्केर आउनुपरेको उनीहरुले बताए । ‘छुट्टीमा जाने बेला हामीले पाउने रकम राखिदिन्छ । मेरो ७ हजार रियाल राखेको थियो । छुट्टी काटेर आएपछि दिन्छु भनेपछि म फेरि यही कम्पनीमा आउनुपर्‍यो' क्षेत्रीले भने,‘नत्र आउनेवाला थिइनँ ।’

पीडितलाई हाल गैरआवासीय नेपाली संघ, साउदीबाट खाद्यान्य राहत मिलेको छ । ‘हामीलाई एनआरएनबाट राहत मिलिरहेको छ । उनीहरुलाई कतिदिनसम्म भन्ने हो' उनले भने,‘हामी यहाँबाट जतिसक्दो उद्धार होस् भन्ने चाहन्छौं ।’

अलपत्र परेका कामदारहरु

खोटाङका लक्ष्मण विष्ट,  जनकपुरका शम्भुकुमार यादव, कास्कीका दीपेनकुमार क्षेत्री, विश्वनाथ चिमौरिया, गोरखाका राजेश रम्तेल, बाराका सिरि चौधरी, बाग्लुङका झालबहादुर बिक, रोल्पाका यामलाल भारती, दाङका गंगाराम चौधरी, नवलपरासीका योगनारायण चौधरी, कुमार गुरुङ, तनहुँका बलबहादुर थापा, बाराका सुकदेव चौधरी, रामनाथ बछार, रुकुमका खडक चदारा, खोटाङका महल सि। राई, बाराका भरत चौधरी, कास्कीका रमेशराज पौडेल, हर्कराज तामाङ, नवलपरासीका यमबहादुर राना, तनहुँका दिलबहादुर आले, नवलपरासीका विक्रम कुमार श्रेष्ठ, र रामायन केवट ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger