Headlines News :
Home » » ओली सरकार संग मिलेर चिनले यस्तो गर्दै रहेछ र पो देउवा र प्रचण्डको सातो गएको रहेछ !! पढ्नुहोस पुरा समाचार

ओली सरकार संग मिलेर चिनले यस्तो गर्दै रहेछ र पो देउवा र प्रचण्डको सातो गएको रहेछ !! पढ्नुहोस पुरा समाचार

Written By news on Tuesday, 19 July 2016 | 04:59


काठमाडौं, ४ साउन ।
 प्रधानमन्त्री केपी ओली विरुद्ध कांग्रेस–माओवादी मिलेर अविश्वासको प्रस्ताव दर्ता गराए पनि अझै ३ महिना केपी ओली कुर्सीमै रहने भएका छन् । यसमा चीनको साथ रहेको बताइन्छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणसम्म यही सरकार रहिरहोस् भन्ने चिनियाँ पक्षको इच्छा रहेको बताइएको छ । यसैमा अहिले चीनको गृहकार्य भइरहेको स्रोतको दावी छ ।

माओवादीले सरकारको समर्थन फिर्ता गरेर कांग्रेससँग नयाँ गठबन्धन बनाएपछि चिनियाँ पक्ष यति बेला काठमाडौंमा विभिन्न पार्टीका नेताहरुसँग छलफलमा रहेको छ । उनीहरुले हालको गठबन्धन नभत्किन दिन लबिङ गरिरहेको छ ।

इन्डियन एक्सप्रेस पत्रिकाले लेखेको छ, ‘एउटा चिनियाँ डेलिगेसन काठमाडौंको याक एण्ड यति होटलमा बसेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत बनाउन खुलेर लागेको छ । कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनपिङको हुने भनिएको नेपाल भ्रमणसम्म चीन यही सरकारको निरन्तरता चाहन्छ ।’ यही वर्षको असोज ३० गते चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने समाचार आएको थियो । हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन असोज ३०० गते नेपाल आउने जनाएको थियो ।

यही विषयमा चिनियाँ पक्षले माओवादी अध्यक्ष प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर कुराकानी गरेको बताइएको छ । यस्तै, पूर्व राजासँग पनि चीनले छलफल गरेको इन्डियन एक्सप्रेसमा उल्लेख छ । प्रधानमन्त्री ओलीले बाहिरिसकेको माओवादीको नेतृत्वमा सरकार गठन गर्न आफूले समर्थन गर्ने प्रस्ताव फेरि पठाएको विषयलाई पनि चिनियाँ पक्षको सक्रियताको परिणामको रुपमा विश्लेषण गरिएको छ । सरकार परिवर्तनको खेलसँगै दुई छिमेकी राष्ट्र चीन र भारतको नेपालमा चासो बढेको बताइन्छ । प्रधानमन्त्री केपी ओलीले खुलेरै आफ्नो सरकार गिराउन भारत लागेको आरोप लगाएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger