Headlines News :
Home » » जहाँ छोरीसँग सहवास गराउन बाआमाले पुरुष भाडामा लिन्छन्...

जहाँ छोरीसँग सहवास गराउन बाआमाले पुरुष भाडामा लिन्छन्...

Written By news on Sunday, 24 July 2016 | 04:45


मालवीको दक्षिणी क्षेत्रमा एउटा अनौठो संस्कार छ, जसका कारण  किशोरी स्वास्थ्य सम्बन्धि जोखिममा पर्ने गरेका छन् । सो कुसंस्कारकै कारण धेरै युवती एचआईभी संक्रमणको शिकार हुने गरेका छन् । यहाँका केही समुदायमा किशोरी अवस्थामा पुग्ने वित्तिकै पैसा तिराएर सेक्स गराउनुपर्छ । बाआमाले भर्खर १२– १३ वर्ष पुगेकी छोरीसँग सहवास गराउन ज्याला तिरेर भाडाका पुरुष ल्याइदिन्छन् । यस संस्कारलाई हायना भनिन्छ ।  यस कार्यलाई यौन शुद्धिकरणको संज्ञा दिइएको छ । तर, यसले विभिन्न रोग र विकृति उत्पन्न गर्ने जोखिम बढाएको भन्दै राष्टसंघले चिन्ता जनाएको छ ।

इरिक एन्भिया (हायना गर्ने व्यक्ति) दक्षिण मालवीका विभिन्न समुदायले यौन शुद्धिकरणका लागि खटाइएका व्यक्ति हुन् । उनले केही निश्चित ज्याला लिएर किशोरीदेखि महिलाको यौन शुद्धिकरण गर्नुपर्छ । कुनै पुरुषको मृत्यु भएमा पतिको दाहा संस्कार गर्नु अगाडि समेत महिलाहरु एन्भियासँग सुत्नुपर्छ । कुनै महिलाको गर्भपतन भएमा फेरी यौन शुद्धिकरणको आवश्यक पर्छ । गर्भपतनपछि पनि एन्भियासँग सुत्नुपर्छ ।
किशोरीहरु पहिलो पटक रजस्वला भएपछि उनीहरुले तीन दिनसम्म हायनासँग अनिवार्य सेक्स गर्नुपर्ने हुन्छ । बाल्यकालबाट महिला अवस्थामा प्रवेश गर्नको लागि उनीहरुले हायनासँग यौन कार्य गर्नैपर्छ । यदि किशोरीहरुले अस्वीकार गरेमा रोगब्याधी वा अन्य दुर्भाग्य हुने विश्वास गरिएको छ ।

‘प्राय म सुतेका किशोरीहरु स्कुले छात्रा हुन्,’ हायनमध्येका एक एन्भिया भन्छन्, ‘कुनै किशोरी १२ वा १३ वर्षका छन् । मसँग सुत्न पाएकोमा उनीहरु गर्व गर्छन् ।’  तर, उनको दाबी विपरित अधिकांश किशोरीले पीडा र कष्टको अनुभव सुनाउने गरेका छन् । ‘अनेक दुःख कष्ट सहेर बाबुआमाका लागि यौन शुद्धिकरण गर्नुपर्छ । हामीले अस्वीकार गरे अभिभावकले हत्या गर्ने धम्की दिन्छन्,’ एक महिलाले भनिन् । उनका सबै महिला साथीलाई हायनासँग यौनसम्पर्क गर्न लगाएको उनी बताउँछिन् ।

एन्भिया ४० को दशकमा पुगेका छन् (उनलाई उमेरको यकिन छैन ) । उनका दुई पत्नी छन् । पतिका कामबारे पत्नीहरुलाई  राम्रै ज्ञान छ । उनले  १०४ जना महिला र किशोरीसँग सहवास गरेको बताए । यसबारे उनी आफै अस्पष्ट छन् । किनकी सन् २०१२ मा पनि सोही कुरा बताएका थिए । उनका अहिले पाँचओटा सन्तान छन् । तर, उनलाई यकिन छैन जीवनमा कति महिला र किशोरीलाई गर्भवती बनाए । सो समुदायमा रहेका १० हायनामध्ये उनी एक हुन् । यौन शुद्धिकरण गरेबापत उनीहरुले हरेक पटक ४ देखि ७ डलर ज्याला पाउँछन् ।
बीबीसीले तीन वयस्क महिला फागिसी, क्रिसी र फेलियासँग भेट गरेको थियो । यौन संस्कारको बारेमा स्थलगत जानाकारी लिएको थियो ।

शिविरहरुमा बयस्क महिलाले किशोरीलाई जम्मा गरेर हायनलाई कसरी यौन सन्तुष्टि दिने भन्ने विषयमा सिकाउँछन् । संस्कार अनुसार हायनासँगको यौन कार्यमा कुनै पनि हालतमा कन्डम प्रयोग गर्न पाइँदैन । हायना यस विषयमा निकै चनाखो हुने गरेको र कथित नैतिकताका लागि सचेत भएको महिलाहरुको बुझाई छ । उनीहरुमा एचआईभी संक्रमण नर्सर्ने महिलाहरुको विश्वास छ ।
हायनको डियुटीलाई मनन गर्दा उनीहरुमा एचआईभीको ठूलो जोखिम देखिन्छ । हरेक १० मध्ये एक जनामा संक्रमण भएको राष्ट्रसंघको बुझाई छ । यस संस्कारको सरकार र गैरसरकारी संस्थाले बिरोध गरेका छन् । तथापी कुसंस्कारको अन्त्य हुने कुनै छनक देखिदैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger