Headlines News :
Home » » माधुरीको प्रश्नः गरिबले उपचार खर्च नभएर मर्ने ?पढ्नुस थप जानकारी..

माधुरीको प्रश्नः गरिबले उपचार खर्च नभएर मर्ने ?पढ्नुस थप जानकारी..

Written By news on Sunday, 24 July 2016 | 04:41


९ साउन, काठमाडौं ।
 प्यूठानकी माधुरी कुमाल र उनका श्रीमान् फूले कुमाल दिनहुँ सिभिल अस्पताल बानेश्वरको चौरमा छटपटाइरहेका भेटिन्छन् । उनीहरू बिहानको करिब ७ बजे अस्पताल आइपुगिसक्छन् । दिनभरि कहिले अस्पतालको चौरमा त कहिले आँगनमा आफूहरूमाथि कोही सहृदयीको नजर पर्ला कि भनेर यता-उता गरिरहन्छन् ।

स्तो चमत्कार होस्, कोही दानी भेटियोस् र गरिबले जीवनदान पाओस् भनेर दया पाउने आशामा दिनभर बसिरहन्छन् । दिनभरको आशा साँझ पर्दै गएपछि निराशामा बदलिन्छ । झमक्क साँझ परेपछि थकित मन लिएर उनीहरू कोटेश्वरतिर होटलमा बास बस्न र्फकन्छन् । फेरि भोलिपल्ट बिहानै उनीहरू नयाँ आशा बोकेर अस्पतालको चौरमा हाजिर हुन्छन् ।


 विगत एक महिनादेखि उनीहरूको दिनचर्या यसरी नै चलिरहेको छ । प्यूठानको रज्यान १५ का फूले एकदिन अचानक लडे । उनको अनुहार सेतो-फुस्रो देखियो । माधुरीले उनलाई हत्तपत्त प्यूठान अस्पताल पुर्याइन् । अस्पतालले रगतको कमी भएको छ भन्दै भरतपुर अस्पताल रेफर गर्‍यो । तर, साथमा पैसा थिएन । गाउँमा २५ हजार चन्दा उठाएर श्रीमान्लाई भरतपुर अस्पताल पुर्‍याइन् ।
त्यहाँ पनि रोग पत्ता नलागेपछि चिकित्सकहरूले काठमाडौं लैजान सल्लाह दिए । फूले यतिखेर जीवन-मरणको बीचमा छन् । उनको शरीरमा आफैं रगत बन्दैन । राखेको रगत पनि केही दिनभन्दा टिक्दैन । रगत दिएको केही दिन फुले फुर्तिला देखिए पनि यसको असर धेरै दिन रहँदैन त्यसपछि उनीहरू जेनतेन सरसापट गरेर सिभिल अस्पतालसम्म आइपुगे । लगभग १५ दिनको जाँचपडतालपछि फूलेको रोग पत्ता लाग्यो ।


 उनलाई अप्लास्टिक एनिमिया अर्थात् रक्त अल्पता भएको रहेछ । ३३ वर्षे फूले यतिखेर जीवन-मरणको बीचमा छन् । उनको शरीरमा आफैं रगत बन्दैन । राखेको रगत पनि केही दिनभन्दा टिक्दैन । रगत दिएको केही दिन फुले फुर्तिला देखिए पनि यसको असर धेरै दिन रहँदैन । सधैँ रगत लिइरहन सक्ने आर्थिक अवस्था उनीहरूको छैन । माधुरी र फुलेसँग सम्पत्तिको नाममा एउटा छाप्रो र एक डोका मकै फल्ने जमिन मात्र छ । बिहान खाए, बेलुका के खाने भन्ने पीर सधैंजसो हुन्छ ।

 फुले साहुको घरमा हलो जोत्ने काम गर्छन् । 111 फूलेसँग माधुरीको बिहे हुँदा उनी १५ बर्षकी थिइन् । बाबु-आमा नभएकी माधुरीलाई फुलेले श्रीमान्सँगै अभिभावककै भरथेग दिए । अर्काको घरमा काम गरेर पनि उनीहरू खुसी थिए । जसोतसो जीवन चलेकै थियो । तर, आज फूलेलाई रोगले सताएपछि माधुरीले जीवन नै अँध्यारो देख्न थालेकी छिन् । यस्तो अवस्थामा रुने र भगवान् पुकार्ने बाहेक उनले गर्नसक्ने केही छैन ।

 उनीहरूको १२ र ८ वर्षका दुई छोराछोरी छन् । जसलाई गाउँलेको जिम्मा लगाएर उपचारका लागि काठमाडौंमा बसिरहेका छन् । “गाउँबाट हरेक दिनजसो फोन आउँछ- तिम्रो सन्तालने खान पाएका छैनन्, छिटै र्फक भनेर । हजुर म के गरौं ? मेरो लोग्ने मर्ने नै भयो त ?” माधुरीले रुँदै भनिन् । सिभिल अस्पतालका रक्तरोग विशेषज्ञ डाक्टर अमित श्रेष्ठले फूलेको जाँच गर्ने गरेका छन् ।

उनका अनुसार, फूलेको शरीरले रगत उत्पादन गरिरहेको छैन । उनलाई अप्लास्टिक एनीमिया भएको छ, जसको उपचार गर्न ८ देखि १० लाख रुपैयाँसम्म लाग्छ । तर, समयमै उपचार हुने हो भने फूलेको जीवन बच्न सक्छ । काठमाडौंमा उनीहरूले चिनेको कोही मान्छे छैन । दुवै पढ्न-लेख्न जान्दैनन् । आफू बास बसिरहेको होटल र अस्पताल बाहेक उनीहरुले जानेको कुनै ठाउँ पनि छैन तर, माधुरी र फूलेका लागि अहिले लाख र हजारको हैन, सय रुपैयाँ जुटाउनु पनि चर्को छ ।

“गाउँबाट २५ हजार चन्दा र ५० हजार रुपैयाँ सापटी लिएर हिँडेका थियौं । भरतपुरमा जाँच गर्दा नै आधाभन्दा धेरै पैसा सकियो । त्यसपछि काठमाडौमा एक महिना बस्दा बाँकी पैसा सकियो,” माधुरी भन्छिन् । फूलेले पनि पैसाको दुःख सुनाए – “काठमाडौंमा त जताततै पैसा मात्र लाग्ने रै’छ हजुर । अब त खाना खाने पैसा पनि छैन, उपचार गराउने त परको कुरा !” काठमाडौंमा उनीहरूले चिनेको कोही मान्छे छैन ।

दुवै पढ्न-लेख्न जान्दैनन् । आफू बास बसिरहेको होटल र अस्पताल बाहेक उनीहरुले जानेको कुनै ठाउँ पनि छैन । होटलमा दिनको पाँच सय तिरेर १५ दिन जति बसेपछि उनीहरुको हालत थाहा पाएर होटल साहुले दिनको तीन सयमा कोठा मिलाइदिएका छन् । “तर, अब त त्यो पैसा पनि तिर्न सक्ने अवस्था छैन । के गर्ने होला ? मेरो श्रीमान् मर्ने नै भयो त ?” माधुरी पटकपटक यही प्रश्न दोहोर्‍याउँछिन् । श्रीमान्लाई तलमाथि केही भयो भने आफू र छोराछोरीकै जीवन रोकिने उनको चिन्ता छ ।

 डाक्टरले फूलेको जीवन बचाउन आठदेखि दस लाख रुपैयाँसम्म पैसा लाग्ने बताए पनि उनीहरूको १० हजार जम्मा गर्ने पनि हैसियत छैन । माधुरीले आफन्तसँग सापट माग्दा तिम्रो श्रीमान् बाँच्दैन, खर्च नगर भनेर पैसा नदिएको तीतो अनुभव सुनाइन् ।

 खर्चको अभावमा श्रीमान्को दुःखमा छटपटाइरहेकी माधुरी प्रश्न गर्छिन् – ‘हामी गरिबले उपचार खर्च नभएकैले मर्नुपर्ने हो त हजुर ?’ माधुरी यतिबेला सहयोगी हातहरूको पर्खाइमा छिन् । स-सानो सहयोगले पनि एउटा गरिबले नयाँ जीवन पाउन सक्छ । फूलेको जीवन रक्षार्थ सहयोग गर्न चाहनेले सानिमा बैंकमा रहेको माधुरी कुमालको खाता नम्बर 013000019070 N मार्फत सहयोग गर्न सक्नुहुनेछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger