Headlines News :
Home » » कर्कलो खानुस् सधै सुन्दर बन्नुस्..

कर्कलो खानुस् सधै सुन्दर बन्नुस्..

Written By news on Sunday, 24 July 2016 | 05:01



प्रकाशित मिति : २०७३ श्रावण ९ आइतबार
कर्कोलोलाई गाभा पनि भनिन्छ । हाम्रो खेत बारि लगायत ओसिलो जंगल वा खोला किनारमा प्रसस्तै पाइने कर्कलोको बैज्ञानिक नाम चांहि कलोकेसिया एस्कुलिन्टा  हो।

यसलाई अंग्रेजिमा तारो भनिन्छ। पात डाँठ र जमिन मुनि हुने जरा, जसलाई पिडाँलु, भनिन्छ तरकारिको रुपमा उपयोग हुन्छ। कर्कलोका बिभिन्न जात हुन्छन् र सबै जात खान योग्य हुदैनन्।

खान योग्य जात पनि राम्रोसंग पकाउन नजाने कोक्याउने हुन्छ। कर्कलोमा धेरै प्रकरका तत्वहरु पाइन्छन् जुन हाम्रो शरिरको लागि अति उपयोगि हुन्छ।

उत्तरपूर्बि एशियाको रैथाने यो तरकारि नेपाल, भारत देखि लिएर उत्तरि अमेरिका सम्म पाइन्छ।

कर्कोलोमा पोटासियम, फोस्फोरस, मग्नेसियम, मङानेसे र कपर भरपुर मात्रामा पाइन्छ। यी बाहेक यसमा क्याल्सियम भिटामिन सि, ई र बि पनि उत्तिकै पाइन्छ।

त्य्सतै यसको जरा पिंडालुमा भिटामिन ए, सि र फाइबर प्रचुर मात्रामा पाइन्छ।

यस्ता बिभिन्न खनिज पदार्थले भरिएको यस कर्कलोको के छन् त फाइदा, आउनोहोस जानौं स्

१ रक्तचाप र मुरुको रोगलाई फाइदा

पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ। यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ। यसमा भएको फाइबर र कार्बोहाइड्रेतले रक्त प्रबाहलाई सरल बनाउछ र तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ।

२। क्यान्सर

पिंडालुमा प्रचुर मात्रामा भिटामिन सि,ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरुलाई निकालेर फ्याक्न मदत गर्छ र फेरि बढ्न दिदैन।

३.मधुमेह

पिडालुमा पाइने फाइबर र पोटासियमले मदुमेहको रोगिमा सुगर लेबल इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेइ सुगर बढ्नबाट रोक्छ।

४. तौल घटाउछ

पिडालुमा हुने कम्ति क्यारोलिरिको कारण यो बढि तौल भएका ब्यक्तिहरुलाई अति उत्तम हुन्छ किनकि यसले तौल बढाउदैन।

५.सुन्दर छाला

पिडालुमा हुने भिटामिन ए र सि छालाको अति आबश्यक तत्व हुन्। यी भिटामिनले छालाको तन्तुहरुलाई छिटो छिटो बिकसित गर्छ र छलाको आबरणलाई बचाइराख्न मदत गर्छ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger