Headlines News :
Home » » यस्तो डरलाग्दो सैलुन,जहाँ तरवार र आगोले काटिन्छ कपाल - भिडीयो हेर्नुस..

यस्तो डरलाग्दो सैलुन,जहाँ तरवार र आगोले काटिन्छ कपाल - भिडीयो हेर्नुस..

Written By news on Sunday, 17 July 2016 | 02:01


दुनियामा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाँपनि कपाल कैँचीले नै काटिन्छ । तर दुनियामा एउटा यस्तो सैलुन पनि छ जहाँ कैँचीले होइन, आगो र तरबारले कपाल काटिन्छ । स्पेनमा यस्तो डरलाग्दो सैलुन छ । हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले संचालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ । तरबार र आगोसँगै स- साना कैँची पनि प्रयोग गर्छन् उनी । ब्लो टर्चको प्रयोग ग्राहकको रुची अनुसार गरिन्छ ।अर्थात् कपालमा आगो लगाउने नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ ।

अल्बर्टोले कपालको मामिलामा सधै नयाँ नयाँ प्रयोग गर्ने गरेका छन् । उनले पूरानो स्टाइललाई सधै अपनाउँदैनन् र नयाँनयाँ स्टाइलमा कपाल काटिदिन्छन् । उनी आफ्नोमा आउने ग्राहकसँग पहिले कुराकानी गर्छन् । कुराकानीबाटै थाहा पाउँछन् की ऊ कस्तो व्यक्तित्व भएको मानिस छ । अनि सोही आधारमा उक्त ग्राहकको हेयर स्टाइल छनोट गर्छन् र कपाल काटिदिन्छन् । अहिलेसम्म आफुले कैयौँ मानिसलाई नयाँ हेयर स्टाइल दिएको दाबी उनको छ । त्यसैले होला उनको सैलुनमा ग्राहकको संख्या दिन प्रतिदिन बढ्दैछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger