Headlines News :
Home » » ‘मेस्सी अभागि हुन् तर सबै कुरामा उनलाई दोष दिनु गलत हो’..

‘मेस्सी अभागि हुन् तर सबै कुरामा उनलाई दोष दिनु गलत हो’..

Written By news on Sunday, 17 July 2016 | 01:18

आइतबार ३,  साउन, २०७३
पुर्व अर्जेन्टिनाका स्टार हर्नान क्रिस्पोले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी अभागि भएको बताएका छन् । क्रिस्पोले भनेका छन्,‘अर्जेन्टिनासँग मेस्सी छ तर पनि उपाधि बिहिन हुन दुर्भाग्यको कुरा हो ।’
   अर्जेन्टिना टिम बल्ल ट्रयाकमा रहेको छ । हरेक उपाधिका लागि यो टोली प्रतिस्पर्धा गर्न तयार रहेको छ तर यो टोलीले लगातार कोपा अमेरिका कपमा एउटै टोलीसँग हार्नु झन् ठुलो दुर्भाग्य भएको क्रिस्पोले बताएका छन् ।   ‘म आशा गर्छु अर्जेन्टिनाले उपाधि जितोस्, तर उपाधि हालसम्म नजित्नुमा मेस्सीकोमात्र गल्ती देखाउनु गलत हुनेछ । मेस्सी उत्कृष्ट खेलेकै हुन् । राष्ट्रिय टिमका लागि उनी सर्वाधिक गोलकर्ता पनि हुन् । उनी विश्वकै उत्कष्ट खेलाडी हुन् । तर उनी अभागि पनि हुन् ।’ क्रिस्पोले भने   २३ वर्षसम्म कुनै पदका् नजिक पुग्न नसकेको अर्जेन्टिना टोलीलाई फाइनलमा पुर्याउनु पनि ठुलो सफलता रहेको उनले बताए ।   उनीहरुले सन् २००४ र २००८ को ओलम्पिकमा उपाधि जितेका थिए । तर हामीले धेरै फाइनलहरु गुमायौ । यसले अर्जेन्टिनालाई प्रतिस्पर्धीमात्र रहेको भान गराएको छ उनले बताए ।   उनले भनेका छन्,‘यो मैले सोच्ने तरिका हो, हेरौ अर्को पटक उपाधि जित्छौ कि ।’
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger