Headlines News :
Home » » यी ११ काम, जसले तपाईंलाई ३० वर्षमै करोडपति बनाइदिन्छ !

यी ११ काम, जसले तपाईंलाई ३० वर्षमै करोडपति बनाइदिन्छ !

Written By news on Thursday, 7 July 2016 | 04:06



काठमाण्डौ ।
किशोर अवस्था पार गरेपछि हरेकको सपना आलीसन महल र शानदार गाडीसँग जोडिएको हुन्छ । यही सपनालाई पूरा गर्न भन्दै धेरै मानिस विभिन्न कदम त उठाउँछन, तर सबै सफल हुँदैनन् । तर आफ्नो आम्दानी र खर्चको सही आँकलन तथा निकै राम्रो योजना बनाउन सक्नुभयो भने तपाईं केही वर्षमै करोडपति बन्न सक्नुहुन्छ । आज हामी विदेशी विज्ञ र एजेन्सीहरुको सहयोगमा बताउन गइरहेका छौ कि २० वर्षको उमेरमा यदि तपाईले तल दिइएको ११ कदम उठाउनुभयो भने तपार्ई ३० वर्षको उमेरमा सहजै करोडपति बन्न सक्नुहुन्छ ।

१. आम्दानीमा केन्द्रीत बन्नुहोस्
विश्वकै नाम चलेका अर्बपतिहरु समेत हिजोआज भन्छन् कि आफ्नो हालको स्टाटसलाई बचाइराख्न निकै कठीन छ, कारण विश्वका हरेक देशको अर्थतन्त्र चलायामान भइराख्छ । यही कारण विज्ञहरुको सुझाव अनुसार २० वर्षको उमेरमै व्यक्तिले आफ्नो आम्दानी बढाउने बिषयमा सोच्न थाल्नुपर्छ । मानौं, तपाईं २० वर्षको उमेरमा १५ हजार मासिक कमाउनुहुन्छ भने तपाईंले ३० वर्षको उमेरसम्ममा आफ्नो आम्दानीको ग्रोथमा ५ सय प्रतिशतको वृद्धि हासिल गर्नुपर्छ भनेर सोच्नुपर्छ । यसका लागि नोकरीको साथमा केही पार्टटाइम काम पनि गर्न सक्नुपर्छ । यस्ता कयौं उदाहरण छन्, धेरै मानिसले आफूलाई यसरी व्यवस्थित गरी आम्दानी बढाएका छन्, देखेको सपना पूरा गरेका छन् ।

२. आम्दानी बढाउन विविध क्षेत्रमा काम गर्नुहोस्
थोमस सी कार्लले आफ्नो किताबमा लेखेका छन् कि उनले ५ वर्षसम्म एकजना करोडपतिमाथि रिसर्च गरे । यो क्रममा आम्दानी बढाउन यदि कुनै पनि व्यक्तिले विविध क्षेत्रमा काम गर्न सुरु गर्यो भने त्यो व्यक्ति आरामका साथ ३० वर्षको उमेरमा करोडपति बन्नसक्छ  । थोमसको भनाईमा यसका लागि कुनै पनि व्यक्तिले रियल स्टेट र स्टक मार्केटमा पार्टटाइम समय दिएर समेत राम्रो आम्दानी गर्नसक्छ ।

३. पहिला बचत,अनि लगानी
विज्ञका अनुसार आफ्नो आम्दानीको एक ठूलो हिस्सा बचत गर्नुपर्छ  र त्यसैलाई भविष्यमा लगानी गर्नुपर्छ । यसका लागि सही फाइनान्सियल योजना अत्यावश्यक हुन्छ । एउटा अलग्गै बैंक खाता खोल्नुहोस् र त्यहाँ नियमित रुपमा आफ्नो कमाईको हिस्सा जम्मा गर्नुहोस्, इमरजेन्सी हुँदा समेत सकेसम्म त्यो खातामा जम्मा भएको रकम नचलाउनुहोस् । विश्वका चर्चित इन्भेस्टर्स वारेन बाफेको भनाईमा धेरै पैसा कमाउनका लागि आफ्नो आयको ठूलै हिस्सा लगानीमा लगाउन आवश्यक छ । अहिलेको समयमा लगानीका लागि इ–प्लेटफर्मले पनि अझ बढी सहजता थपिदिएको छ ।

४. सही निर्णय जरुरी
लेखक टकर ह्यूजको भनाईमा कम उमेरमा सही निर्णय लिनु एकदमै आवश्यक हुन्छ । २० वर्षको उमेरमा प्राय कोही पनि फाइनान्सियल प्लानिङको बिषयमा सोच्दैन । तर यो उमेर यति महत्वपूर्ण हो, जुन समय तपाई धेरै रकम बचत गरेर धेरै आम्दानी गर्ने बाटो खोल्न सक्नुहुन्छ । त्यसकारण समयमै सही निर्णय लिन जरुरी हुन्छ ।

५. देखासिकीबाट बच्नुहोस्
कुनै बेला विश्वकै सबैभन्दा ठूला लगानीकर्ता वारेन बाफेले भनेका थिए कि उनले आफ्ना लागि पहिलो सुविधासम्पन्न कार घडीको व्यापारी बनेपछि मात्र खरीद गरेका थिए । यसको अर्थ स्पष्ट छ कि सानो उमेरमा देखासिकीबाट बच्नुपर्छ र लग्जरी आइटमतर्फ धेरै खर्च गर्नुहुँदैन ।

६. पैसाको बिषयमा सोच बदल्नुहोस्
धनी बन्नका लागि पहिला तपाईंमा रहेको पैसाप्रतिको धारणा परिवर्तन गर्न जरुरी हुन्छ । यदि तपाईंले पैसा कमाउने सोच्नु भयो भने मात्र वास्तवमै पैसा कमाउन सक्नुहुन्छ । आफ्नै प्रयासमा करोडपति बनेका स्टीव सिबोल्डको भनाईमा ठूलो रकम कमाउने ठूलो सिक्रेट केही पनि हुन्न । धेरै कमाउँछु, मैले कमाउनुछ भन्ने सोच्नुहोस्, र व्यवस्थित भएर अगाडि बढ्नुहोस्, तपार्इंलाई करोडपति बन्न कसैले र केही पनि रोक्न सक्दैन ।

७. आफूप्रति पूर्ण भरोसा
लेखक ह्यूजको भनाईमा आफूप्रति पूर्ण भरोसा राख्नु निकै जरुरी हुन्छ । जुन क्षेत्रमा तपाईं काम गरिरहनुभएको छ वा जुन क्षेत्रमा लगानी गरेर पैसा कमाउन खोजिरहनुभएको छ, त्यो बिषयमा पूर्ण ज्ञान हुन जरुरी छ । यसका लागि हरेक दिन आफ्नो फिल्डसँग सम्बन्धित बिषयमा कम्तीमा ३० मिनेट अध्ययन गर्न जरुरी हुन्छ । अहिलेको समयमा विश्वका सबैभन्दा ठूला लगानीकर्ताको रुपमा चिनिएका वारेन बाफे समेत दैनिक केही घण्टा पढ्छन् ।

८. समयलाई सधैं ध्यान राख्नुहोस्
सीबोल्डका अनुसार आफ्नै प्रयासमा करोडपति भएका सफल मानिसहरु समयको बिषयमा निकै गम्भीर हुन्छन् । उनीहरु समयमा हेलचेक्र्याईं गर्दैनन् । यसकारण राम्रो सम्पत्ति कमाउनका लागि समय तालिका बनाएर व्यवस्थित ढंगले काम गर्न जरुरी हुन्छ ।

९. लक्ष्य बनाएर कदम उठाउनुहोस्
सानो उमेरमा राम्रो रकम जम्मा गर्नका लागि(धेरै कमाउनका लागि) आफ्नो स्पष्ट लक्ष्य तय गर्न जरुरी हुन्छ । साथै, आफ्नो लक्ष्य र त्यसलाई प्राप्त गर्ने रणनीतिको बिषयमा पूरा योजना तयार गर्नु श्रेयस्कर हुन्छ । साथै, समय–समयमा आँकलन गरेर आफ्नो रणनीतिमा परिवर्तन समेत गरिरहनुपर्ने हुन्छ ।

१०. क्षमतावानसँग मात्र संगत
लेखक एन्डूज कार्नेजका अनुसार धनी बन्नका लागि निकै नै महत्वपूर्ण हुन्छ कि तपाईंको संगत । अर्थात, तपाईंले सधैं ट्यालेन्टहरुसँग मात्र संगत गर्नुपर्छ । यस्तो संगतबाट तपाईंलाई उनीहरुको नयाँ–नयाँ आइडिया प्राप्त हुन्छ र तपाईं आफूलाई अगाडि बढ्न यस्तो संगतबाट निकै ठूलो प्रेरणा प्राप्त हुन्छ ।

११. एकहजार होइन, लाख सोच्नुहोस्
राम्रो पैसा कमाउनका लागि तपाईंले हजार रुपैयाँ कमाउने बिषयमा सोच्ने होइन कि म लाख रुपैयाँ कमाउँछु भनेर सोच्नुपर्छ । विश्वमा पैसाको कमी होइन, कमाउनेहरुको चाहि कमी छ । यहीकारण पनि करोडपति र लखपतिहरुलाई तपाईं औंलामा गन्न सक्नुहुन्छ ।





Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 1 comments

7 July 2016 at 07:02

सहि सुझाब

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger