Headlines News :
Home » » पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनासहित आठको मृत्यु..

पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनासहित आठको मृत्यु..

Written By news on Thursday, 7 July 2016 | 03:19


असार २१ । प्यूठान–
 गएराति अविरल वर्षासंगै आएको पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४० वर्षीय दुर्गाबहादुर मल्ल, ३७ वर्षीया उनकी श्रीमती सिता, छोरीहरु १० वर्षीया सुशिला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकीकहाँ बस्न गएका उनका एक छोरा र एक छोरी भने सकुशल रहेको बताईएको छ

घटनास्थलमा उद्धारका लागि अहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ । रजवारा गाविसमा सडकको पहुँच नहुँदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

त्यस्तै, गएरातिनै घर भत्किँदा उत्तरी प्यूठानकै पुजा–३ मा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पुजामा उद्धारका लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । मृत्यु हुनेमा हुमबहादुर सुनार, उनकी श्रीमती र ७ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।
तर रजवारामा ठूलो घटना भएकाले पुजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताए । यसको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्यूठानको बरौला गाविसमा झिमरुक नदीको बीचमा सातजना कामदार फसेका छन् । हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात जना मजदुर नदीको बीचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिए । मजदुरको गएरातिदेखी आज विहानसम्म मजदुरको उद्धार हुन सकेको छैन ।
रातोपाटीबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger