Headlines News :
Home » » मृतक परिवारलाई क्षतिपूर्ति दिन क्यानाडा सरकारसँग आग्रह..

मृतक परिवारलाई क्षतिपूर्ति दिन क्यानाडा सरकारसँग आग्रह..

Written By news on Thursday, 7 July 2016 | 04:10


सरकारले काबुल घटनामा मारिएका नेपाली सेक्युरिटी गार्डका परिवारलाई राहत र क्षतिपूर्ति दिन क्यानाडा सरकारसँग आग्रह गरेको छ।
क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले काबुल घटनाका मृतक परिवारको पीडा अवगत गराउँदै त्यहाँ रहेका बाँकी नेपालीको सुरक्षा सन्दर्भमा तीनपल्ट कूटनीतिक कुराकानी भइसकेको बताएका छन्। ‘हामीले हरेकपल्ट राहत र क्षतिपूर्ति माग गरेका छौं। भेटेका जति सबै क्यानेडियन अधिकारीहरूले काबुल घटनालाई ‘सिरियस्ली रिभ्यु गरिरहेको’ बताएका छन्,’ उनले सेतोपाटीसँग भने, ‘बम विस्फोटपछि ज्यान गुमाएका नेपाली परिवारको पीडा र अहिलेको सन्त्रासबीच पनि काबुलमा नेपालीहरूले आफ्नो दूतावासको सुरक्षा गरिरहेको कुरालाई क्यानेडियनहरुले गम्भीरतापूर्वक लिएका छन्।

आशा गरौं, केही सम्बोधन हुन सक्छ।’ दुई साताअघि काबुलस्थित क्यानेडियन दूतावासमा कार्यरत सेक्युरिटी गार्ड चढेको बस आतंकवादीले निशाना बनाउँदा १३ नेपाली र दुई भारतीय गरी १५ जनाको ज्यान गएको थियो। छ नेपाली घाइते भएका थिए। आफ्नो दूतावासका सेक्युरिटी गार्ड मारिँदा पनि क्यानाडाले ‘खासै रेस्पोन्स नगरेको’ र ‘क्षतिपूर्तिबारे मौन रहेको’ भन्दै आलोचना भइरहेको छ। मृतकका परिवारले ‘नेपाली पक्षले दबाब दिन नसक्दा क्यानाडा मौन रहेको’ गुनासो पनि गरेका छन्।

ती नेपाली बेलायतको साब्रे इन्टरनेसनल कम्पनीमा आबद्ध भएर गएका हुन्। क्यानेडियन दूतावासले उक्त कम्पनीसँग सम्झौता गरेको हुन्छ। कम्पनीले नै सेक्युरिटी गार्डको जीवन बिमा गरेकाले बिमा रकम र अन्य सेवासुविधा साब्रेले उपलब्ध गराउने राजदूत पोखरेलले बताए। उनका अनुसार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा क्यानाडाका सरकारी अधिकारीसँग संवाद जारी छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger