Headlines News :
Home » » यसरी भोटेकोसीको बाढीले अहिलेसम्म ७९ घर बगायो...हेर्नुहोस कहालीलाग्दो दृश्य..

यसरी भोटेकोसीको बाढीले अहिलेसम्म ७९ घर बगायो...हेर्नुहोस कहालीलाग्दो दृश्य..

Written By news on Tuesday, 19 July 2016 | 03:38


४ साउन, सिन्धुपाल्चोक ।
 गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ ।अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हुँदा जिल्लावासीले ठूलो दुर्घटना खेप्नुपरेको छ । हालसम्म बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् ।

बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन् । बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको छ । गाति गाविसकोे जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । अवरुद्ध भएको सडकमा जालीको ग्याबिन भरेर निर्माण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

 तातोपानीलगायतका विभिन्न स्थानबाट सम्पर्कविहीन बनेका ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १०८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बाढीले घर बगाएपछि ओतलाग्ने ठाउँ खोज्दै तातोपानी–१ का श्यामबहादुर घताली यतिबेला चौकीडाँडामा गएर शरण लिन बाध्य छन् । उनी जस्तै घरबार विहीन भएका पीडित कोही जिल्लाभित्रै रहेका आफन्तकामा शरण लिन पुगेका छन् भने कतिपय काठमाडौँ गएका छन् । बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । केही मात्रामा रेडक्रसले सहयोग गरेको भएपनि सरकारको उपस्थिति नहुँदा निकै दुःख लागेको घताली बताउछन् । असार साउनको समयमा पानीको बहाव बढ्ने हुनाले नदी किनारमा रहेका स्थानीय अझै पनि ढुक्कले निदाउन सकेका छैनन् । जुनसुकै समयमा पनि पानीको सतह बढ्ने हुनाले सतर्कताका साथ बस्न आग्रह गरेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए । उनले नदीमा पानीको बहाव घट्ने बढ्ने हुँदा नदीले धार परिवर्तन गरी सडक कटान गर्ने गरेको बताए । बाह्रविसे बजारमा अवस्थित यातायात आवतजावत गर्ने पक्की पुलमा समेत बाढीका कारण सामान्य क्षति पुगेको सडक विभागले जानकारी दिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger