Headlines News :
Home » » राजेश खन्नालाई नसिरुद्दिनले ‘कमजोर अभिनेता’ भनेपछि ट्विंकलको आक्रोश..

राजेश खन्नालाई नसिरुद्दिनले ‘कमजोर अभिनेता’ भनेपछि ट्विंकलको आक्रोश..

Written By news on Sunday, 24 July 2016 | 01:17



बलिउड नायिका ट्विंकल खन्नाले चर्चित अभिनेता नसिरुद्दिन शाहलाई गतिलो जवाफ फर्काएकी छिन् । उनले यी चर्चित कलाकारमाथि आफ्नो आक्रोश पोखेकी छिन् । ट्विंकलले आफ्नो आक्रोश स्वर्गिय पिता राजेश खन्नाप्रति नसिरुद्दिनले गरेको टिप्पणीलाई लिएर गरेकी हुन् । हिन्दुस्तान टाइम्समा छापिएको एक अन्र्तवार्तामा शाहले राजेश खन्नालाई ‘कमजोर अभिनेता’ भनेका थिए । उनले भनेका छन्-‘राजेश खन्नाका कारण हिन्दी चलचित्रको स्तरमा गिरावट आएको थियो । जसले गर्दा साधारण चलचित्र पनि बन्न थालेका थिए ।’ नसिरुद्दिनले ७० को दशकमा राजेश खन्नाको सामान्य अभिनयको छाप बलिउडमा पर्न गएको बताएका छन् । ट्विंकललाई यो कुरा मन परेन । उनले ट्विटरमा लेखेकी छिन्-‘सर, यदि तपाई जीवित मानिसलाई सम्मान दिन सक्नु हुन्न भने कम से कम ती मानिसहरुको सम्मान गर्न सिक्नुहोस्, जो यो दुनियाँबाट गैसकेका छन् र तपाइलाई जवाफ दिन सक्दैनन् ।’ निर्देशक करण जोहरले पनि ट्विंकलको कुरालाई समर्थन गरेका छन् । उनले लेखेका छन्-‘म तपाइको कुरामा सहमत छु, ट्विंकल जी । नसिरुद्दिनको वरिष्ठताको म समर्थन गर्छु । तर, यो उद्योगका एक सदस्यको बिषयमा यस्तो बयान राम्रो थिएन ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger